उत्कृष्ट १० जना कृषक तथा उद्यमी सम्मानित
कृषि
रामेछाप ।स्थानीय उत्पादनको प्रवद्र्धन, किसान र उद्यमीको मनोबल अभिवृद्धि तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । मेलाको समापनसँगै कृषि, पशुपन्छी तथा लघु उद्यमका विभिन्न विधामा उल्लेखनीय योगदान दिएका १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु यस कार्यक्रमको मुख्य आकर्षण…
Read More »बालविकासको मुखुण्डोभित्र सेतो गुराँसको दादागिरी
गन्तब्य
रामेछाप । निस्वार्थ कर्मद्वारा सेवाको आकर्षक र भावनात्मक नारा अघि सार्दै सामाजिक सेवाको क्षेत्रमा अग्रणी भएको दाबी गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ ।संस्थाले विभिन्न परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई कुनै स्पष्ट कारण, पूर्वसूचना वा वैधानिक प्रक्रिया पूरा नगरी योजनाबद्ध र अन्यायपूर्ण ढङ्गले सेवाबाट हटाइएको भन्दै पीडित पक्षले आवाज उठाएका छन् ।त्यति…
Read More »मन्थली नगरपालिकाले गर्यो दुई प्रअ सम्मानित
गन्तब्य
मन्थली नगरपालिकाको १८औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगरसभाको अवसरमा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शैक्षिक प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ।नगरपालिकाले स्वीकृत गरेको प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार नियुक्त भई कार्यरत प्रधानाध्यापकहरू मध्येबाट कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी भैरवी माध्यमिक विद्यालय, मन्थली–५, रामेछापका प्रधानाध्यापक दिनेश कुमार कार्की उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका हुन् ।…
Read More »नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग
गन्तब्य
रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ। जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित…
Read More »कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण
गन्तब्य
विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्मा दुवै दलबाट चार–चार जना…
Read More »एमाले निकट व्यवसायी कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश
गन्तब्य
रामेछाप । नेकपा एमाले निकट व्यवसायी तथा रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार मन्थलीस्थित बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै उनी औपचारिक रूपमा काँग्रेसमा आबद्ध भएका हुन् । श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूले स्वागत…
Read More »रामेछापका गेल्जे लामा (शेर्पा) नेपाली काँग्रेसको समानुपातिक सूचीमा
अन्य
रामेछाप — रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिक तर्फको बन्द सूचीमा समावेश हुनुभएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा रामेछापबाट शेर्पा जनजाति क्लष्टरअन्तर्गत लामा शेर्पाको नाम समावेश गरिएको हो। रामेछाप जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका लामा शेर्पा हाल नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनबाट…
Read More »दोरम्बा शैलुङ वादो कप कराँते: बागमती प्रदेश प्रथम
खेलकुद
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रिय दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता–२०८२ को उपाधि बागमती प्रदेशले जितेको छ। गाउँपालिकाको वडा नं. ५ गुराँसेमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशले १६ स्वर्ण, १४ रजत र २४ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा कोशी प्रदेशले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित दोस्रो स्थान प्राप्त…
Read More »दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता सुरु
खेलकुद
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ गुराँसेमा शुक्रबारदेखि प्रतियोगिता प्रारम्भ भएको हो ।दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक सहयोगमा, वडा न. ५ को सह-प्रायोजनमा दोरम्बा वादो कराँते डो गुराँसे र आईडब्लुएफएन कराँते डो संघको आयोजनामा तथा गुराँसे युवा क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”…
Read More »चौथो विशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
गन्तब्य
चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार चितवनमा आयोजित विशेष समारोहमा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगरबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट…
Read More »