गन्तब्य
गाउँपालिकामा नै माटो परीक्षण
रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास शाखा प्रमुख लोक फुयाँलले बताए। उनले भने– यो वर्ष हामी माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्दैछौ। अब माटो परीक्षण गर्न लिखु तामाकोशीका नागरिकले अन्यत्र जानू पर्दैन ।फुयाँलका अनुसार पालिकाले…
Read More »वडा कार्यालयमै वक्तृत्वकला
रामेछाप । मन्थली नगरपालिकाको वडा नं. २ को वडा कार्यलयमा वक्तृत्वकला सम्पन्न भएको छ । वडा नं. २ को सहयोगमा गौरिशंकर लगनशिल वडा बाल सञ्जालको आयोजनामा भएको वक्तृत्वकला वडा कार्यालयमै सञ्चालन गरिएको थियो ।वक्तृत्वकलामा ५ विद्यालयको बाल समुहहरूको सहभागीता रहेको वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए । उनका अनुसार वडा भित्रका सगरमाथा बाल समूह, टेकानपुर बाल समूह, लालिगुरास बाल समुह र…
Read More »लघुवित्त कर्मचारीले दिए शैक्षिक सामाग्री
रामेछाप । लघुवित्त कर्मचारी मञ्चले जनविजय आधारभूत विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामाग्री दिएको छ । मन्थली नगरपालिका ५ सुनारपानी रहेको विद्यालयका विद्यार्थीलाई मञ्चले शैक्षिक सामाग्री वितरण गरेको हो ।कर्मचारी मञ्चले शुक्रवार विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामाग्री दिएको हो । विद्यालयमा अध्ययनरत ५४ जना दलित विद्यार्थी सहित ५८ जनालाई विभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिएको लघुवित्त कर्मचारी मञ्च रामेछापका अध्यक्ष बद्री सुवेदीले बताए…
Read More »मुद्दाका कारण बनेन गाउँपालिकाको भवन
रामेछाप । स्थानीयले मुद्दा हालेका कारण लिखुतामाकोशी गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्ने भन्ने अन्यौलता छाएको छ । पालिकाले भवन निर्माणका लागी लिएको जग्गा अपायक भएको र पालिकाले कार्यालय सार्न लागेको भनेर सर्वोच्चमा मुद्दा परे पछि गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्ने भन्ने अन्यौलता छाएको हो । स्थानीय हरिबहादुर खड्का, वीरबहादुर तामाङ (ब्लोन) र अम्मरबहादुर खड्का (पुर्ब जनप्रतिनिधि ) ले अपायक ठाउँमा…
Read More »‘लिखु तामाकोशीमा भ्रष्टाचार हुँदैन’
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका नागरिकलाई साक्षी राखेर गाउँपालिका अध्यक्ष केशव महतले आफ्नो पालिकामा भ्रष्टाचार नहुने र हुन नदिने वाचा गरेका छन्। गाउँपालिकाको वडा नं ३ काङ्बामा जनता सँग जनप्रतिनिधि कार्यक्रममा नागरिकहरूको सवालको जवाफ सँगै अध्यक्ष महतले पालिकामा भ्रष्टाचार नहुने र हुनै नदिने वाचा गरेका हुन। कार्यक्रममा स्थानीय मकरध्वज खड्का, तीर्थ बहादुर तामाङ, हरिबहादुर बुढा लगायतले यातायातको सेवा सुविधा दीर्घकालीन…
Read More »बाख्रा बेचेर बालबालिकालाई मोबाइल नकिन्दिनुस् : अध्यक्ष महत
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सैपुवासी नागरिकहरूलाई बाख्रा बेचेर बालबालिकाहरूका लागी मोबाइल नकिन्दिन आग्रह गरेका छन् । अध्यक्ष महतले लिखू तामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा सञ्चालन भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताको सवालको जवाफ दिने क्रममा सैपुबासी अभिभावकलाई आफ्नो बालबालिकाको शिक्षामा जिम्मेवार हुन अनुरोध गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष महले भने- ‘अभिभावहरूले आफ्ना बालबालिकालाई…
Read More »हराइएका दुई बालक फेला आफन्तलाई लगाईयो जिम्मा
रामेछाप । गोकुलगंगा गा.पा.६ फर्पुका बस्ने दुई बालकलाई प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आज बुधबार नै सम्पर्क बिहिन आकाश तामाङ र राजकुमार तामाङ आफुखुसी घरबाट हिडी सम्पर्क बिहिन भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापलाई खोजतलास गरी पाउँ भनी अभिवाकले दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा आज बुधबार दिउँसोनै मन्थली बजारमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । निज…
Read More »गाउँमा सिंहदरबार आएको महसुस भयो : दुरागाउँवासी
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय कार्यक्रम लिएर जनप्रतिनिधि नआएको समेत गुनासो पोखे दुरागाउँवासीले । उनीहरूले भने – ‘अघिल्लो कार्यकालका अध्यक्षज्यू आउनु त हुन्थ्यो तर हामीलाई यसरी बोल्ने मौका नै दिनु हुन्नथ्यो । गाउँपालिकाले प्रवाह गरेको…
Read More »भरुवा बन्दुक खेलाउँदा छर्राले लागी एक जना घाइते
रामेछाप । बन्दुकको छर्रा लागी एक जना घाइते भएका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ६ च्यास्कु निवासी राम बहादुर तामाङले भरुवा बन्दुक खेलाउँदा उक्त हतियार पड्कँदा बन्दुकको छर्रा बारुदले निजको पेटमा लागी घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा ल्याई सामान्य उपचार गरिएको थियो । तामाङलाई सामान्य उपचार पश्चात् थप उपचारको लागी पाटन अस्पताल काठमाण्डौमा…
Read More »बहु प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव, फुड एण्ड टेक्नोलोजीमा भएनन् विद्यार्थी भर्ना
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको वडा नं. १ मा रहेको रामेछाप बहु प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गए पछि विद्यार्थी अभाव भएको सरोकारवालाहरूले बताएका छन् । कुनै बेला विद्यार्थीको चाप हुने यस शिक्षालयमा अहिले तोकिएको कोटामा समेत विद्यार्थी हुँदैनन् ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सम्बन्धन प्राप्त यस शिक्षालयको नेतृत्वले शैक्षिक गुणस्तरलाई ध्यान नदिँदा खस्कँदै गएको र विद्यार्थी…
Read More »