समाचार
मन्थली माविलाई भवन बुझायो खानीले
रामेछाप । खानी निर्माण जेभीले मन्थलीको मन्थली माविका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण) गरी बुधवार हस्तान्तरण गरेको छ । यो सँगै विद्यालयले कक्षा कोठाका लागि बर्षेनी भोग्दै आएको समस्याबाट मुक्ति पाएको हो । निर्माण कम्पनीले भवन सँगै शौचालय, कम्पाउन्डवाल, खेल मैदान लगायतका काम सम्पन्न गरी नेपाल सरकार शिक्षा विकास इकाई रामेछाप मार्फत मन्थली नगरपालिकालाई ती भवनको साँचो हस्तान्तरण…
Read More »विद्यार्थी र अभिभावकको मन जित्दै मन्थली मावि
रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको मोह बढ्दै गएको हो । मन्थली माविको मेहनतका कारण विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएर विद्यार्थी र अभिभावको मन जित्न सफल भएको छ ।कक्षा १ देखि कक्षा १० सम्म मात्रै भर्ना अभियानको दशौँ दिन (बुधवार) १ हजारको हाराहारीमा विद्यार्थी भर्ना भई सकेको शिक्षक चन्द्र…
Read More »सान्नेफेदीमा बोलेरो दुर्घटना हुदाँ १५ जना घाइते
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको समयमा त्रिवेणी तर्फबाट सान्ने तर्फ जाँदै गरेको बा ६ च ९१६२ नम्बरको बोलेरो दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली सहितले…
Read More »आई पुग्यो एन्टी रेबिज भ्याक्सिन
रामेछाप । जिल्ला अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठले बताए ।उनले भने– रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई कुनै समस्या हुँदैन ।…
Read More »रामेछापमा हाजिर गरेर काम चलाऊ हाकीम लागे दोलखा
रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यवाहक कार्यालय प्रमुख रामेछापमा हाजिर गरेर दोलखा हानिएका छन् । कार्यवाहक कार्यालय प्रमुख निरोज खड्का उद्योग तथा वाणिज्य कार्यालय रामेछापमा हाजिर गरेर सेवाग्राहीको कुनै प्रवाह नगरी गर्मी छल्न दोलखा गएका हुन् ।कार्यालय प्रमुखले कार्यवाहक दिएपछि कार्यवाहकले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । कार्यावाहक तोकिएको अवधिभर प्रशासनिक बाहेकका कार्यालय प्रमुखको जिम्मेवारी कार्यवाहकले नै…
Read More »संरक्षण विहीन भयो बिटार पार्क
रामेछाप । स्थानीय निकायको बेवास्ताका कारण रामेछापको रामेछाप नगरपालिका वडा नं –८ मा निर्मित बिटार पार्क संरक्षण विहीन वनेको छ ।विगत ५ वर्ष अघि भएको लकडाउनका वेला मानिसहरूलाई दिन कटाउन र मनोरञ्जन लिन सहज होस भन्ने उद्देश्यले रामेछापका सहयोगी मनहरूको सक्रियतामा विभिन्न दातृहरूको सहयोगमा निर्मित यस पार्क स्थानीय निकायहरूको बेवास्ताकाकारण संरक्षण विहीन वनेको हो ।रामेछाप र मन्थली नगरपालिकाको सिमाना तथा…
Read More »आगलागीबाट १७ वटा घर गोठ जले
रामेछाप । आइतवार एकै दिन रामेछापमा आगालागीबाट १७ वटा घर गोठ जलेका छन । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । आइतवार दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना…
Read More »स्वास्थ्य सेवा विभागमा नै छैन एन्टी रेबिज भ्याक्सिन
रामेछाप । स्वास्थ्य सेवा विभाग टेकुमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरेका छन् । तर रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी…
Read More »उद्घोषण गर्न सिपालु भए सुकाजोरका महिला
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले महिलाहरू उद्घोषण गर्न सिपालु भएका छन् । रामेछाप नगरपालिका वडा नं. ७ ले वडाका महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम सञ्चालन गरेपछि यहाँका महिलाहरू उद्घोषण गर्न सिपालु भएका हुन् ।चैत्र २७ गतेदेखि मंगलबारसम्म चलेको तालिममा सहभागी महिलाहरूको उद्घोषण गर्ने क्षमता विकास भएको सक्रिय सुकाजोर महिला सञ्जालकी अध्यक्ष राशि कार्कीले बताइन् ।…
Read More »खाँडादेवी मन्दिरमा आज सरकारी पुजा गरिदैँ
रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिकामा रहेको खाँडादेवी मन्दिरमा आज सरकारी पुजा गरिदै छ । हरेक बर्षको वडा दसँैको नवमी र चैते दसैँको रामनवमीको अवसरमा पुजा गरिने गरेको छ ।खाँडादेवी विकास कोषले मन्दिरमा हरेक बर्षको वडा दसँैको नवमी र चैते दसैँको रामनवमी सरकारी पूजा गर्दै आएको छ । सरकारी पूजामा राँगा, बोका, कुखुरा, हाँस र परेवाको पचं वलि दिएर पुजा गरिने…
Read More »