समाचार
सेफ हाउस संचालकलाई अभिमुखीकरण
रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र चितवन समेत गरी ७ जिल्ला भित्रका सेफ हाउस संचालक तथा व्यवस्थापक र अपाङ्ग अगुवा सहित ४० जना भन्दा बढीको कार्यक्रममा सहभागिता थियो।कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका सवाल र उनीहरूलाई राज्यले…
Read More »आम्दानीको मेसो देखेर दंग गंगामाया
रामेछाप । गंगामायाको अनुहारमा आज बेग्लै खुसी देखिएको थियो । हातमा नेपाली कागज र प्लास्टिकको पोको बोकेर बसेकी गंगामाया बाटेको धूप बनाउने तालिम लिएर निस्केकी रहिछिन् । शारीरिक रूपमा अपाङ्ग गंगामाया बस्नेतलाई यो तालिमले छुट्टै ऊर्जा थपिदिएछ । बाटेको धूप बनाउने तालिम लिएपछि आम्दानीको मेसो मिलेकोले खुसी भएकी बताइन् उनले ।गंगामाया जस्तै सरस्वती मगर, खुम कुमारी मगर, सम्झना साही, सरोज…
Read More »अपाङ्ग महासंघको अभिमुखीकरण
रामेछाप । हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा सुरु भएको सो कार्यक्रम संचालनका लागी सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाले सहयोग गरेको हो ।आइतबार र सोमबार संचालन हुने सो कार्यक्रममा बाग्मती प्रदेशका ७ जिल्लाका सेफहाउस संचालक तथा व्यवस्थापक लगायतका ४०…
Read More »१ लाख ३६ हजार भेडा बाख्रालाई लगाइयो पिपिआर खोप
रामेछाप । जिल्लामा एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुली ले बताएको छ । जिल्लाका किसानले पालेका एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर अर्थात् भेडा बाख्राको हैजा विरुद्धको खोप लगाइएको हो ।जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ गतेदेखि २२ गतेसम्म साताव्यापी खोप…
Read More »सुनापतिमा अफिम खेती गर्ने दुई महिला पक्राउ
रामेछाप । अफिमको खेती गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ परेको छ। जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा छ रोपनी जग्गामा अफिम खेती गर्दै आएकी रुकुम जिल्लाका २ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रुकुम जिल्ला उत्तरगङ्गा गाउँपालिका वडा नं…
Read More »११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मेलुङ गाउँपालिकाले जेष्ठ महिलालाई सम्मान
दोलखा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मेलुङ गाउँपालिकाले जेष्ठ महिलालाई सम्मान गरेको छ । १४ जना जेष्ठ महिलाको घरमा पुगि जुस, हर्लीक्स लगाएत खानेकुरा सहित सम्मान गरिएको थियो । सम्मान हुने जेष्ठ महिलाको स्वास्थ्य जाचँ समेत गरिएको थियो । गाउँपालिकाले दिवसको अवसर पारेर प्रत्येक वडाका २ जनाका दरले नागपरिकताको आधारमा छनौट गरि सम्मान गरीएको गाउँपालिका उपाध्यक्ष गायत्री…
Read More »दूषित पानी बजारमा, बेखबर मन्थली नगरपालिका
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ आकाशेमा रहेको शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले दूषित पानी बजारमा बिक्री बितरण गरिरहेको छ तर यस विषयमा मन्थली नगरपालिका बेखबर छ । विगत ८ वर्षदेखि अक्वा शैलुङ पानीको नाममा बजारमा बिक्री बितरण गर्दै आएको शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको बारेमा आफूलाई कुनै जानकारी नभएको मन्थली नगरपालिका उपप्रमुख तथा मन्थली नगर बजार अनुगमन समितिका संयोजक…
Read More »सुकाजोरमा मनाईयो महिला दिवस
‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमामनाइएको छ । वडा कार्यालयको आयोजना र सकृय सुकाजोर महिला संजालको सहजीकरणमा जनचेतनामूलक गित तथा कविता वाचन,हाँडी फुटाउने खेल,मिउजिकल चियर,सडक नाटक जस्ता कार्यक्रमहरु भएको हो ।रामेछाप नगरपालिकाका प्रबत्ता एवं वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको प्रमुख…
Read More »केवलेश्वर मन्दिरको प्राण प्रतिष्ठा
रामेछाप । मन्थली नगरपालिका वडा नं.–१, मच्छेडाँडीमा केवलेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । स्थानीय हरुको सक्रियता सँगै विभिन्न भक्तजनहरू र स्थानीय सरकार समेतको सहयोगमा निर्माण गरिएको केवलेश्वर महादेव मन्दिरको महाशिवरात्रिका अवसरमा शुक्रवार प्राण प्रतिष्ठा गरिएको हो । राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले उक्त मन्दिरको प्राण प्रतिष्ठा गरेका हुन्।हिन्दु धर्मको रक्षाका लागि नव निर्मित केवलेश्वर महादेवको मन्दिर वरदान…
Read More »अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मन्थलीले गर्यो वक्तृत्वकला प्रतियोगिता
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले बिहीबार नगरभित्रका उद्यमी महिलाहरू बिच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।“नारीमा लगानी सभ्य र समुन्नत समाजको थालनी “भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा नगर भित्रका ११ जना उद्यमी महिलाहरूले भाग लिएका थिए । लघु उद्यमी समूह मन्थली नगरपालिका वडा नं. १ की विनीता…
Read More »