स्वास्थ्य
उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । शनिबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।भौगोलिक रूपमा विकट यस गाउँपालिकाले चालु आर्थिक वर्षको चैत १२ गतेभित्रै सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । सोही…
Read More »घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग, श्रीमान् पक्राउ
रामेछाप । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घरेलु हिंसाबाट पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ। गोकुलगंगा गाउँपालिका–६, फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरिएको हो। इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले आइतबार मन्थलीस्थित मन्थली नगर अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ…
Read More »दोरम्बा शैलुङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २ सय नागरिक लाभान्वित
रामेछाप, चैत २२ — दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दोरम्बा शैलुङ गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।शनिबार सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका विभिन्न वडाका करिब २ सय जनाले सेवा लिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए। उनका अनुसार शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क…
Read More »ठोसेमा निःशुल्क आयुर्वेद शिविर, २ सयभन्दा बढी लाभान्वित
रामेछाप — वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको छ।गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा आयोजित शिविरमा डा. सविता भण्डारी, डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक, खोकी, एलर्जी तथा छालासम्बन्धी पुराना रोगका बिरामीको संख्या बढी देखिएको…
Read More »आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीको न्यूनतम सेवा मापदण्ड ७० प्रतिशत प्रगति हासिल
रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली, रामेछापले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेश, हेटौंडाबाट खटिएको अनुगमन टोलीले बुधबार र बिहीबार गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि प्राप्त गरेको हो। मूल्याङ्कन टोलीमा स्रोत व्यक्ति भेषजविज्ञ डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल, एमएसएस फोकल पर्सन सुशील…
Read More »रामेछाप अस्पताल उत्कृष्टतर्फ उकालो : एमएसएसमा ९३ अंकसहित बागमती प्रदेशका अस्पतालमध्ये अग्रस्थानमा
रामेछाप । रामेछाप अस्पतालले सेवाग्राहीको विश्वास जित्दै स्वास्थ्य सेवा सुधारतर्फ उल्लेखनीय फड्को मारेको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले २०८२ माघ २७, २८ र २९ गते गरेको मूल्याङ्कनअनुसार अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनमा १ सय पूर्णाङ्कमध्ये ९३ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो। बागमती प्रदेशअन्तर्गतका दश जिल्लामा रहेका प्रदेश अस्पतालहरूमध्ये रामेछाप अस्पतालले उच्च अंकसहित उत्कृष्ट अस्पतालको…
Read More »नागरिकको घरदैलोमै चिकित्सक र औषधि
रामेछाप । रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पछिल्लो समय स्वास्थ्य सेवाको परिभाषा नै बदल्ने प्रयास गरेको छ। सामान्यतया बिरामी अस्पताल पुग्ने परम्परा रहे पनि यो चिकित्सालयले भने चिकित्सक र औषधिसहितको टोलीलाई नागरिकको घरदैलोमै पु¥याएर सेवा दिन थालेको छ। यसअघि गाउँ–गाउँमा पुगेर केवल स्वास्थ्य परामर्श र सामान्य चेकजाँचमा सीमित रहेको यो अभियान अहिले ‘उपचारसहितको घरदैलो’ मा रूपान्तरण भएको छ, जसले अस्पतालसम्म…
Read More »रामेछाप अस्पतालमा भाँचिएको हड्डीको सफल शल्यक्रिया
रामेछाप । रामेछाप अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ। अस्पतालमा पहिलोपटक हड्डी भाँचिएको बिरामीको शल्यक्रिया सफल भएपछि अब जिल्लावासीलाई हड्डीसम्बन्धी उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्यतिर उन्मुख भएको छ। सोमबार अस्पतालमा दुई बिरामीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरिएको छ।मन्थली नगरपालिका–६ की ६३ वर्षीया बिमला कामीको खुट्टा भाँच्चिएको अवस्थालाई शल्यक्रिया गरी स्टिल प्लेट जडान गरिएको छ। त्यस्तै, रामेछाप…
Read More »दोरम्बा शैलुङ वादो कप कराँते: बागमती प्रदेश प्रथम
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रिय दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता–२०८२ को उपाधि बागमती प्रदेशले जितेको छ। गाउँपालिकाको वडा नं. ५ गुराँसेमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशले १६ स्वर्ण, १४ रजत र २४ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा कोशी प्रदेशले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित दोस्रो स्थान प्राप्त…
Read More »लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो
रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४…
Read More »