ब्यानर न्युज
घुसको अखडा बन्दै डिभिजन बन कार्यालय रामेछाप, आफै घुस खाँदै आफै गाडी समात्दै
रामेछाप । डिभिजन बन कार्यालय सुनसरीले अवैधरुपमा ल्याएको आशङ्कामा चार वटा ट्रकमा लोड गरेको खयरको काठ नियन्त्रणमा लियो। रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा पठाइएको उक्त परिमाणको काठ मङ्गलवार राति नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले भने । रामेछापबाट लोड गरेर पठाइएको बा प्र ०१००६ ख २१११, बा. प्र. ०१००६ ख ३३४९,…
Read More »बोलेरो दुर्घटना हुँदा १ को घटनास्थलमै मृत्यु, ९ जना घाइते
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं-९ पिङ्खुरीको मानेडाँडामा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।बोलेरोमा सवार ९ जना घाइतेको उद्दार गरि मन्थली अस्पतालमा उपचारका लागी ल्याईएको छ ।प्रदेश ३- ०१ / ०३२ च ३९०९ नम्बरको बोलेरो मानेडाँडामा दुर्घटना भएको हो ।घटनाको थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Read More »सैपुमा बिष सेवन गरि एकको मृत्यु, एकको अवस्था गम्भीर
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपु स्थित ढाडे होटेलमा दुई जनाले बिष सेवन गरेका छन। बिष सेवन गरेका सागर कार्कीको मृत्यु भएको रामेछाप सामुदायिक अस्पतालका डा. केशव सिंह धामीले बताए। धामीका अनुसार अर्का बिष सेवन गर्ने तोरणमाया सुनुवारलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। ।
Read More »कृषल कन्ट्रक्शनको लापरवाही, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे
रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन थालेको हो । कतिपय स्थानमा खाल्डा परेर पानी जम्न थालिसकेको छ । सडकमा खाल्डा देखिन थालेको र गाडी गुड्दा कालोपत्रे उप्किने र माटो मुछेर थलथले बनाएर राखेको जस्तो सडकको अवस्था…
Read More »रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ६ लाखको बजेट
रामेछाप । रामेछाप नगरपालिका आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू र पत्रकार, संसारकर्मीसहितको उपस्थितिमा उक्त बजेट र आगामी नीति तथा कार्यक्रम नगरका प्रवक्ता समीर कार्कीले…
Read More »विद्यालय प्रशासनका कारण विद्यार्थीलाई समस्या नै समस्या
रामेछाप । गाउँपालिकाका अधिकांश माध्यमिक विद्यालयहरूको प्रधानाध्यापकले विद्यालयका स–साना समस्याहरूलाई वास्ता नगर्दा विद्यार्थीहरूलाई समस्या नै समस्या भएको छ । यो सँगै विद्यार्थी र शिक्षक बिचको सम्बन्ध सुमधुर हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लथालिङ्ग अवस्थामा पुग्न थालेका छन् ।गोकुलगंगा गाउँपालिकाले सुरु गरेको विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रममा भएको सवाल जवाफ कार्यक्रममा विद्यार्थीले विद्यालय प्रशासनसँग धेरै प्रश्नहरू राखेका थिए । गाउँपालिकाको…
Read More »क्विन बचतका बचतकर्ताको करोडौँ बचत जोखिममा
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा रहेको क्विन बचत तथा ऋण सहकारीको बचतकर्ताको लाखौँ बचत जोखिममा पर्ने देखिएको छ । एक हजार बचत कर्ताको करोडौँ बचत रकम रहेको क्विन बचतले बचतकर्तालाई भ्रममा पार्न मनै लोभ्याउने कार्यालय व्यवस्थापन, विभिन्न प्रलोभनमा पार्ने किसिमका कार्यक्रमहरू देखाएर बचतकर्ताको करोडौँ रकम जोखिममा पारेको यथार्थ बाहिर आएको छ ।जिल्ला भरी कार्य क्षेत्र रहेको…
Read More »विद्यार्थीको समस्या सुन्न विद्यार्थी सँग जनप्रतिनिधि र सुरक्षाकर्मी
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम सुरु भएको छ । मङ्गलवारबाट सुरु भएको बिद्यार्थीहरुको गुनासोको सवाल जबाफ हुने कार्यक्रम पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरूमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।बिद्यार्थीहरुको सवाल र सम्बन्धित पक्षको जबाफमा सम्बन्धित वडाका वडा अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक , जिल्ला प्रहरी कार्यालय प्रतिनिधिको उपस्थिति भएको थियो ।…
Read More »हेफरको कारणले रित्तियो किसानको खोर
रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ ।मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज…
Read More »संस्कृति संरक्षणका लागी पञ्चेबाजा बजाउने तालिम
रामेछाप । पञ्चे बाजा संरक्षणका लागि जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ । गाउँपालिकाले पालिकाका १५ जना महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरेको छ ।रैथाने संस्कार, संस्कृति र परम्परा जोगाउन महिलालाई पनि जिम्मेवारी दिन पञ्चेबाजा बजाउने तालिम दिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । दोरम्बा शैलुङ गाउँपालिकामा बाजा बजाउनेहरूको समेत कमी भएकाले समेत पञ्चेबाजा…
Read More »