ब्यानर न्युज
पालिकाले दिने सेवा सुविधाबाट विद्यालयमा अक्षयकोष
रामेछाप। जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट २ लाखको अक्षयकोष गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गरे ।गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले पूर्णबहादुर खड्का अक्षय कोषको घोषणा गरेका हुन् । उनले घोषणा गरेको कोषकालागी कबोल गरेको…
Read More »ओखलढुंगाकाे लिखु गाउँपालिकाले लिखु अध्यक्ष कप गर्दै
ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ फागुन ३० देखि चैत्र ३ गते सम्म अध्यक्ष कप संचालन हुन लागेको पालिकाले जनाएको छ । भलिबल खेल प्रतियोगिताको पुरस्कार…
Read More »धूमधामले मनाइँदै लदिपुजा
रामेछाप । कोसी पूजा अर्थात् लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलवार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफ्नो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समूहमा यो…
Read More »मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल
राजन महतारा । रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगलागीका घटनाहरू हुने गरेका छन् । आगलागीले हरेक वर्ष वनजंगल,पशुपक्षी,धनमाल र मानवीय क्षति समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले अस्पताल क्षेत्र…
Read More »न्यानो कपडा पाए पछि खुसी भए नाम्गेल शेर्पा
सोलुखुम्बु । वडाले सम्मानसहित न्यानो कपडा दिए पछि नाम्गेल शेर्पा खुसी भएका छन् । वृद्ध अवस्थामा आफूले वडाबाट सम्मान पाउँदा अत्यन्त खुसी लागेको ८१ वर्षीय वृद्ध शेर्पाले बताए ।सोलुदुधकुण्ड नगरपालिका– ३ तामाखानीका शेर्पा जस्तै धेरै ज्येष्ठ नागरिक सम्मानित भए पछि खुसी छन् । वडा कार्यालयले शुक्रवार एक कार्यक्रमका बिच ७९ जना ज्येष्ठ नागरिकहरूलाई एक÷एक थान फाइबर सिरकसहित खादा लगाइ सम्मानित…
Read More »रामेछापका ११ हजार बढी बालबालिकलाई दादुरा–रुबेलाको खोप लगाइने
रामेछाप । दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकलाई खोप लगाइने भएको छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन हुनेछ । फागुन…
Read More »सुनपाती गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि ¥याफ्टिङ सञ्चालन
रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा शुभारम्भ गरिएको छ ।रामेछाप स्थित संरक्षण क्षेत्र संस्थाका अध्यक्ष राजकुमार मैनालीको अध्यक्षता तथा सुनपाती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख अतिथ्यतामा सुनकोसीमा ¥याफ्टिङ उद्घाटन गरिएको हो । सुनापतिको च्याडीटारबाट सुनकोसी नदीमा…
Read More »हायु जातिको दसैँ सकियो
रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र शक्तिशाली देवी ईश्वरीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो । जुन देवीको थान रामेछाप नगरपालिका वडा नं. ७ मुडाजोरको पालीगाउँमा छ । यो देवीको थान विशाल रुख काभ्राको फेदमा छ ।…
Read More »वनभोज खाँदा सर्केर रामेछाप नगर प्रमुखका स्वकीय सचिव श्रेष्ठको मृत्यु
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीहरूको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ । रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोर मा रहेको तारा खस्यो पोखरीमा शनिवार वनभोज कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी भएर खाना खाने क्रममा खाना सर्केपछि श्रेष्ठलाई लामो समय सम्म खोकी लागेको थियो…
Read More »रामेछापमा टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु
रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान मै मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले बताए ।उद्धार कार्य जारी रहेको छ । प्रहरीका अनुसार शुक्रवार बिहान ११ ः ३० बजेको समयमा सेलेघाट तर्फबाट निर्माणाधीन…
Read More »