सुनपाती गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि ¥याफ्टिङ सञ्चालन

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा शुभारम्भ गरिएको छ ।
रामेछाप स्थित संरक्षण क्षेत्र संस्थाका अध्यक्ष राजकुमार मैनालीको अध्यक्षता तथा सुनपाती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख अतिथ्यतामा सुनकोसीमा ¥याफ्टिङ उद्घाटन गरिएको हो । सुनापतिको च्याडीटारबाट सुनकोसी नदीमा ¥याफ्टिङ हेलेर कार्यक्रम शुभारम्भ गरिएको थियो । ¥याफ्टिङबाट सिन्धुली, रामेछाप र काभ्रे रोशीको संगमसम्म जलयात्रा गरिएको थियो ।
¥याफ्टिङ उद्घाटन गर्दै सुनापती गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले खुसी व्यक्त गरे । उनले भने – ¥याफ्टिङले पर्यटन प्रवर्धनमा सहयोग पुग्नेछ । यसले नागरिकको आय आर्जनमा समेत टेवा पुग्ने देखिन्छ ।
काठमाडौँको नजिकै भएको कारण पनि सुनकोसीमा जल पर्यटनको राम्रो सम्भावना रहेको गाउँपालिका उपाध्यक्ष गीता विष्टले बताइन् । उनले भनिन् – सहरको उकुसमुकुस वातावरणबाट सुनकोसीमा आएर ¥याफ्टिङ यात्राको मज्जा लिन पाइने हुनाले यसको फाइदा लिन सकिन्छ । उनले यहाँ आउन समेत अनुरोध गरिन् ।
सुनापतिमा यस अघि प्याराग्लाइडिङको पनि सफल परीक्षण गरिएको संस्थाका अध्यक्ष मैनालीले जानकारी दिए । सुनकोसीको ¥याफ्टिङसँगै आन्तरिक र बाह्य पर्यटकले शैलुङसम्मको यात्रा गर्न सक्ने उनको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ¥याफ्टिङको मज्जा लिन आउन उनले अनुरोध गरे ।