ब्यानर न्युज
यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
रामेछाप ।जिल्लाको लिखुतामाकोशी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङका आइटी शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन् । उनलाई सो विद्यालयको कक्षा ९ मा अध्ययनरत एक बालिकालाई दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।उक्त विद्यालयमा अध्ययनरत पीडित बालीकाले यौन दुर्व्यवहार गरेको भन्दै आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख प्रनाउ…
Read More »राहत वितरणमा सुगम केन्द्रित हुँदा दुर्गमका भूकम्प पीडित समस्यामा
जाजरकोट । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । सबैभन्दा बढी चिसो तथा दुर्गम पालिका बारेकोट भए पनि राहत वितरण तथा अस्थायी आवास निर्माणमा समेत पक्षपात भएको…
Read More »मेलम्चीको पानी माग्दै उपत्यकावासी, रित्ता भाँडा बोकेर आए सडकमा
काठमाडौं । काठमाडौं उपत्यकावासीहरूले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर,मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए। उनीहरूले रित्ता गाग्री,लोटा,बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध र्याली निकालेको थिए। बहुप्रतीक्षित मेलम्ची…
Read More »२० भन्दाबढी पत्रकारलाई मोजो तालिम
रामेछाप । सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिमको शनिवार सम्पन्न भएको छ । तालिममा सहभागी पत्रकारहरूलाई बाग्मती प्रदेश सभा सदस्य युवराज चौँलागाईले प्रमाणपत्र प्रदान गरे । उनले सञ्चार रजिस्ट्रारको कार्यालयले यो तालिम रामेछापमा आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । पत्रकारहरूलाई दक्ष बनाउन उनीहरूको…
Read More »शिक्षकको नाफा ४ लाख
रामेछाप । शिक्षक परोपकार बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९ /८० मा ४ लाख १ हजार ८ सय ८५ रुपैयाँ नाफा कमाएको छ । शनिवार मन्थलीमा सम्पन्न संस्थाको बाह्रौ साधारण सभाका अवसरमा कोषाध्यक्ष रामकुमार सुबेदीले आर्थिक प्रतिवेदन पेश गर्दै नाफा बारे जानकारी गराए । उनले गत आर्थिक वर्षमा १० लाख ८२ हजार ३ सय २३ रुपैयाँ बराबरको…
Read More »बाल श्रम निषेध गर्न स्टिकर
रामेछाप । नमुना नगर बाल सञ्जाल मन्थलीको आयोजनामा मन्थली नगरपालिकाले शनिवार बाल श्रम निषेध गर्ने अभियान अन्तर्गत सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँसेको छ । नगरले मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने यातायातको साधनमा उक्त स्टिकर टाँसेका हुन् । मन्थली नगरपालिका महिला तथा बाल बालिका शाखाकी प्रमुख भगवती तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछाप, ट्राफिक कार्यालय र…
Read More »सुनापति रनिङ शिल्डको उपाधि पशुपति माविलाई
रामेछाप । सुनापति गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै पशुपति माविले उपाधि जितेको हो ।गत शनिवारदेखि सुरु भएको खेलमा पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको थियो…
Read More »‘अहिलेको बजेटले देशमा दुर्गति निम्त्यायो’ : ओली
रामेछाप । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले देशमा दुर्गति निम्तिएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार साँझ रामेछापको मन्थलीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगरेको बताएका हुन् ।उनले भने, हरेक पटक नीति कार्यक्रमको बहस हुँदा हामीले यो उपयुक्त छैन भनेका छौँ, यो…
Read More »नातेदारले मात्र अङ्गदान गर्न पाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अङ्ग आदान-प्रदान गर्न पाइने कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै मुद्दा दायर गरिएको हो । निश्चित आफन्त र नातेदारबाट मात्र अङ्गदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र…
Read More »६ किलो सुनसहित विदेशी नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट…
Read More »