समाचार

  • ईलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते


    रामेछाप । मन्थलीबाट काठमाडौँ जाँदै गरेको ईलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बा.प्र. ०३–००१ ज ५२५ नं. को ईलेक्ट्रिक भ्यान अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा ६ जना घाइते भएका हुन् ।शनिवार दिउँसो २ बजेको समयमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका– ११, बिपी राजमार्ग अन्तर्गत पात्लेखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा परी रामेछाप जिल्ला मन्थली नगरपालिका–…

    Read More »
  • आगो लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्नु – प्रजिअ निरौला


    रामेछाप । जिल्लाको वनहरू आगलागीको प्रकोप बढेर वन सँगै बस्ती समेत सखाप पार्न थाले पछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आगो लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताएकी छिन् । वन उपभोक्ता समितिले पनि आगो लगाउनेलाई समात्न निगरानी समूह बनाएर खटाउन र शङ्कास्पद व्यक्तिलाई प्रहरीको जिम्मा लगाउन प्रजिअ निरौलाले आग्रह गरिन् ।जिल्लाका जङ्गलहरूमा आगलागी विकराल रूपमा फैलिएको छ । पछिल्लो समय…

    Read More »
  • गोलन्जोरमा अस्पताल भवन बन्दै


    सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकामा ५ शैयाको अस्पताल भवन बन्ने भएको छ । नयाँ बन्ने सुविधा सम्पन्न भवनको शुक्रवार गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले शिलान्यास गरे ।पालिकामै सुविधा सम्पन्न अस्पताल बन्नु खुसीको कुरा भएको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बरालले बताए । अस्पताल बनेपछि अरू जिल्लाका पनि धेरै बिरामीले फाइदा लिने उनले बताए।अस्पताल भवन सम्पन्न भएपश्चात् स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि…

    Read More »
  • डढेलोले जङ्गल सखाप, कहाँबाट ल्याउँछिन् ज्ञानुकाले पात ?


    रामेछाप । बोगती र टपरी बनाउने सानो उद्योग खोलेकी ज्ञानुका कार्की यति बेला डढेलोको कारणले चिन्तित छिन् । रामेछाप नगरपालिका वडा नं. ७ मा व्यावसायिक बोगती र टपरी बनाउन सुरु गरेकी ज्ञानुकालाई सालको पात पाउनै मुस्किल छ ।रामेछाप नगरपालिकाले सालको पातको बोगती र टपरी बनाउने तालिम दिए पछि त्यसैलाई व्यवसाय बनाउने सोचका साथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने…

    Read More »
  • घर जल्दा एक महिलाको मृत्यु


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा एक महिलाको मृत्यू भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले बताए । उनको अनुसार आगलागीले मानविय तथा पशु चौपायामा ठुलो क्षती…

    Read More »
  • आगो लगाउनेलाई पक्रन प्रहरीले खटायो ‘विशेष टोली’


    रामेछाप । जिल्लाका विभिन्न स्थानमा सुनियोजित रूपमै डढेलोका घटनाले आतङ्कित बनाएपछि नियन्त्रण गर्न रामेछाप प्रशासन र प्रहरीले विशेष टोली खटाएको छ ।बाक्लो मानव बस्ती रहेका क्षेत्र आसपास नै तीव्र रूपमा आगो फैलिएपछि प्रशासन र प्रहरीले आन्तरिक छलफल गरेर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न सादा पोसाकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।‘अब हामी कठोर बनेर…

    Read More »
  • छैन व्यवस्थित वधशाला, अस्वस्थ कर मासु खान बाध्य उपभोक्ता, ब्यवसायीहरुलाई सबै कुरा हामी दिन सक्दैनौँ– मन्थली नगरपालिका


    रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा पशु वध गर्ने व्यवस्थित वधशाला नहुँदा उपभोक्ताहरू अस्वस्थ कर मासु उपभोग गर्न बाध्य छन् ।मन्थलीमा झन्डै २० वटाको हाराहारीमा मासु पसलहरू छन् । बिषेशगरी राँगा, सुगुंर, बङ्गुरहरूको वध गर्ने ठाउँ व्यवस्थित नहुँदा पसलहरूमा अस्वस्थ कर मासु बिक्री हुने गरेका छन् ।तामाकोसी नदी किनारमा पशु वध गर्ने गरिएको छ । त्यहाँ वध गर्दा मासुमा बालुवा टाँसिएर…

    Read More »
  • उद्योग तथा वाणिज्य कार्यालय र रामबाबु गिरी बिच के छ कनेक्सन ?


    रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास बनाएर बिक्री वितरण गर्दै आएको डिलक्स एग्रो फरेस्ट्री प्रालिले जुस बनाउँदा म्याद सकिएको रङ्ग प्रयोग गरेको पाइएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको नेतृत्वले अनुगमन गर्दा डिलक्स एग्रो फरेस्ट्रीमा म्याद सकिएको Idacol Vitimate synthetic color प्रयोग गर्ने गरेको पाइएको हो । अनुगमनका क्रममा म्याद सकिएको अखाद्य बस्तु भेटिएपछि अनुगमन टोलीले  डिलक्स एग्रो…

    Read More »
  • मन्थलीमा आयुर्वेदिक अस्पताल बन्ने


    रामेछाप ।जिल्लामा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्ने भएको छ । गत फागुन ३० को बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार रामेछापमा आयुर्वेदिक अस्पताल बन्ने भएको हो ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापबाट फिजियोथेरापी र अकुपञ्चर लगायतका सेवाहरू थप हुने समेत कार्यालयका वरिष्ठ कविराज निरीक्षक दीपक कुमार कार्कीले बताए । उनले भने – प्रदेश सरकारले अस्पतालका लागी दरबन्दी समेत स्वीकृत गरिसकेको…

    Read More »
  • मन्थलीका २ फार्मेसी निलम्बित, दर्ता नभएको औषधी फार्मेसीमा


    रामेछाप । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल हल निलम्बनमा परेका हुन् । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गरिएको लगायतका गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार गर्ने मन्थली बजारमा सञ्चालित दिपसन फार्मेसी र साकुरा मेडिकल हललाई निलम्बन गरिएको…

    Read More »
Back to top button