समाचार

  • मन्थली विमानस्थलमा एक्स–रे मेसिन


    रामेछाप । जिल्लाको एक मात्र विमानस्थल मन्थली विमानस्थलमा एक्स–रे मेसिन राखिएको छ ।मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि सुरक्षा चेकजाँचमा कडाइ गर्नकालागि एक्स–रे मेसिन राखिएको छ ।एक्स–रे मेसिनका कारण नियमित चेकजाँच सहज बनाउने र सुरक्षाका दृष्टिले समेत अब्बल रहने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । जिल्लाको विमानस्थलमा चेकजाँचका लागि पहिलो पटक एक्स–रे मेसिन राखिएको हो ।विमानस्थलमा ब्यागेज…

    Read More »
  • बलियो राजनैतिक शक्ति बन्न एक ढिक्का हुनुपर्छ – संजय गौतम


    रामेछाप । नेपाली काँग्रेस देशको बलियो राजनैतिक शक्ति बन्न काँग्रेस एक ढिक्का हुनुपर्ने काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सिँचाइ मन्त्री माननीय संजय गौतमले बताए । नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै गौतमले यस्तो बताएका हुन् ।गौतमले पार्टीलाई जनता प्रति जबाफदेही र बलियो राजनैतिक शक्तिको रूपमा विकास गर्न सम्पूर्ण काँग्रेसका सदस्यहरू एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताएका…

    Read More »
  • रामेछाप नगरपालिकाले सुरु गर्यो कुकुर बन्ध्याकरण शिविर


    रामेछाप । रामेछाप नगरपालिकाले छाडा रहेका कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण शिविर सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर सञ्चालन गरेको छ । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर काभ्रेसँगको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुर नियन्त्रण गरि बन्ध्याकरण गर्ने पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताए ।…

    Read More »
  • नेपाली काँग्रेस रामेछाप नगर कार्य समिति र दीप बहादुर कार्की स्मृति प्रतिष्ठान द्धरा पीडितलाई नगद सहयोग


    रामेछाप – नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले टाहार गाउँका आगलागी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले बुधवार टाहारमा स्वयम् पिडित परिवारलाई ५ हजारका दरले जम्मा ६५ हजार नगद सहयोग हस्तान्तरण गरेको हो । नगर कार्य समितिको आन्तरिक स्रोत बाट नगद व्यवस्थापन गरि आगलागीमा परी घर विहीन भएका परिवारलाई वस्ने घर बनाउन सहयोग…

    Read More »
  • रामेछापबाट २ हजार ७ सय बढीले एसइई परीक्षा दिँदै


    रामेछाप । बिहीबारबाट सुरु हुने एसइई परीक्षामा २ हजार ७ सय ९४ परीक्षार्थीले सहभागिता जनाउने छन् । जिल्ला भरी एसइई परीक्षाको तयारी समेत पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताए ।गजुरेलका अनुसार यो वर्ष रामेछापमा दुई हजार छ सय ५९ जना नियमित र २५ जना ग्रेड वृद्धि परीक्षार्थी सहभागी हुँदै छन् । १ सय…

    Read More »
  • मिटरब्याजी समस्या सम्बोधन गर्न सहजिकरण डेस्क


    रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याजी समस्या सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ । प्रशासनले मिटरब्याजी सम्बन्धी उजुरी तथा पीडितहरूको गुनासोको सुनुवाइ गर्न सहजिकरण डेस्क स्थापना गरेको हो ।सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै डेस्क सञ्चालनमा ल्याएको जानकारी गराएको छ । प्रशासनले खरिदार सम्झना भुजेललाई सहजीकरण डेस्क र प्रशासकीय अधिकृत प्रकाश प्रधानलाई गुनासो सुनुवाइ तथा…

    Read More »
  • मनोनीत गर्दै समितिलाई पूर्णता दिँदै तरुण दल


    रामेछाप । नेपाल तरुण दल रामेछापले रिक्त रहेका पदाधिकारी तथा सदस्यहरु मनोनीत गरेको छ । शनिवार जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनीत गरेर समितिलाई पूर्णता दिएको हो । तरुण दलले हाल ८५ सदस्यीय समिति बनाएको छ ।जिल्लाका ८ ओटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू मनोनीत गरिएको अध्यक्ष खड्काले बताए । समितिमा भएका…

    Read More »
  • मन्थली–लुक्ला दैनिक उडान सुरु


    रामेछाप । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ ।तारा, समिट र सीता एयरले सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरूले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन्…

    Read More »
  • युवा संघ द्धरा होलीमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता


    रामेछाप । जिल्लाको मन्थलीमा होलीको विशेषको अवसरमा  खुला महिला तथा पुरुष दौड प्रतियोगिता गरिएको छ । युवा संघ नेपाल रामेछापले होली पर्वको अवसरमा आइतबार सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको हो । भैशेश्वर चोक नजिकैको  रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्म  सहभागीहरू दौडिए । प्रतियोगितामा महिला तर्फ दर्ता नं ७८ नम्बरका सहभागी सविना…

    Read More »
  • राप्रपाको राँके जुलुस मन्थलीमा


    रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले शनिवार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । राप्रपाले रामेछापको सदरमुकाम मन्थलीमा वर्तमान सरकारको राजीनामाको माग गर्दै उक्त जुलुस प्रदर्शन गरेको थियो । देश भरका ७७ वटै जिल्लामा भातृ संगठनहरुको सहभागितामा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा पनि यो कार्यक्रम गरिएको राप्रपा रामेछापका सचिव दीपक कार्कीले बताए । मन्थली स्थित राप्रपाको पार्टी कार्यालयबाट…

    Read More »
Back to top button