मन्थली विमानस्थलमा एक्स–रे मेसिन

रामेछाप । जिल्लाको एक मात्र विमानस्थल मन्थली विमानस्थलमा एक्स–रे मेसिन राखिएको छ ।मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि सुरक्षा चेकजाँचमा कडाइ गर्नकालागि एक्स–रे मेसिन राखिएको छ ।
एक्स–रे मेसिनका कारण नियमित चेकजाँच सहज बनाउने र सुरक्षाका दृष्टिले समेत अब्बल रहने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । जिल्लाको विमानस्थलमा चेकजाँचका लागि पहिलो पटक एक्स–रे मेसिन राखिएको हो ।
विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन नभएका कारण यात्रु तथा कर्मचारीलाई हैरानी हुँदै आएको थियो । हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरूको त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरूले यात्रुका सरसामान तथा झोलाहरू हातले छामेर अथवा खोलेर नै चेकजाँच गर्दै आएका थिए । विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरूलाई पनि यसले सजिलो हुने बताइएको छ ।
जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेका थिए । जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईँ बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button