समाचार

  • मनाइयो लदिपुजा


    रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझीसमुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीकानाममा पाठी, कुखुरा लगायतका वली चढाएर पूजा मनाएका छन् ।यसपालिबाट…

    Read More »
  • गोकुलगंगा माविले मनायो स्वर्ण जयन्ती


    रामेछाप । जिल्लाको गोकुलगगा गाउँपालिका वडा नं. ३ पात्ले डाँडामा स्थापित गोकुलगंगा माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती मनाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गोकुलगंगा आइपुगेका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सभामुख घिमिरेले गोकुलगंगा गाउँपालिका प्रकृति, भूगोल, कृषि उत्पादन, जलविद्युत, पर्यटन, जडीबुटी लगायत अनेकौँ सम्भावना भएको गाउँपालिका भएकोले यसलाई आम्दानी सँग जोड्नु पर्ने बताए । सभामुख घिमिरेले…

    Read More »
  • पालिकाले दिने सेवा सुविधाबाट विद्यालयमा अक्षयकोष


    रामेछाप। जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट २ लाखको अक्षयकोष गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गरे ।गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले पूर्णबहादुर खड्का अक्षय कोषको घोषणा गरेका हुन् । उनले घोषणा गरेको कोषकालागी कबोल गरेको…

    Read More »
  • पत्रकार महासंघलाई ७ दिनको अल्टिमेटम


    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठ कायम गर्न ७ दिनको अल्टिमेटम दिएको छ ।महासंघलाई फोनिजले मंगलवार ७ दिने अल्टिमेटम पत्रसहित स्मरण पत्र बुझाएको हो ।फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ तथा फोनिजका अन्य सदस्यहरूसहितको टोलीले नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्ष बद्री नयाँघरेलाइ अल्टिमेटम पत्रसहित…

    Read More »
  • ओखलढुंगाकाे लिखु गाउँपालिकाले लिखु अध्यक्ष कप गर्दै


    ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ फागुन ३० देखि चैत्र ३ गते सम्म अध्यक्ष कप संचालन हुन लागेको पालिकाले जनाएको छ । भलिबल खेल प्रतियोगिताको पुरस्कार…

    Read More »
  • धूमधामले मनाइँदै लदिपुजा


    रामेछाप । कोसी पूजा अर्थात् लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलवार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफ्नो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समूहमा यो…

    Read More »
  • सङ्गीतकर्मी संघमा पुनः सोनु


    रामेछाप । राष्ट्रिय सङ्गीतकर्मी संघ रामेछापको पाँचौँ अधिवेशनले अध्यक्षमा सोनु रोकालाई पुन चयन गरेको छ । सोमबार मन्थलीमा सम्पन्न साधारण सभा तथा पाँचौँ अधिवेशनले रोकाको नेतृत्वमा १६ सदस्यको नयाँ नेतृत्वलाई निर्विरोध चयन गरेको हो ।वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिवमा क्रमशः अनिता थापा मगर, रमेश कुमार थापा, मुना सुवेदी, सुमन खड्का र सह सचिवमा निकिता चौहान र राजेन्द्र खड्का चयन भए…

    Read More »
  • खाँडादेवीमा माझी समुदायका कर्मचारी, शिक्षक र विद्यार्थीलाई बिदा


    रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिकाले माझी जातिको प्रमुख पर्व कोसी पूजा अर्थात् लदी पूजामा स्थानीय बिदा दिएको छ । स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै गाउँपालिकाले आज लदी पूजाको दिन माझी समुदायको कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरत सबैलाई स्थानीय बिदा दिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनले भने –कोसी पूजा अर्थात् लदी पूजा माझी समुदायको प्रमुख पर्व…

    Read More »
  • मन्थली नगरपालिकाको संस्थागत विद्यालय बिदा


    जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालित निजी तथा आवासीय विद्यालय आज मङ्गलवार बिदा दिएका छन् । मंगलवार माझी जातिको विशेष पर्व ’लदी पूजा’ का लागी सार्वजनिक बिदा दिने निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन रामेछापले निर्णय गरेको हो ।स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन रामेछापले यस पर्वको अवसरमा माझी समुदायको बाहुल्यता रहेको मन्थली नगरपालिका…

    Read More »
  • मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल


    राजन महतारा । रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगलागीका घटनाहरू हुने गरेका छन् । आगलागीले हरेक वर्ष वनजंगल,पशुपक्षी,धनमाल र मानवीय क्षति समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले अस्पताल क्षेत्र…

    Read More »
Back to top button