समाचार

  • यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


    रामेछाप ।जिल्लाको लिखुतामाकोशी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङका आइटी शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन् । उनलाई सो विद्यालयको कक्षा ९ मा अध्ययनरत एक बालिकालाई दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।उक्त विद्यालयमा अध्ययनरत पीडित बालीकाले यौन दुर्व्यवहार गरेको भन्दै आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख प्रनाउ…

    Read More »
  • राहत वितरणमा सुगम केन्द्रित हुँदा दुर्गमका भूकम्प पीडित समस्यामा


    जाजरकोट । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । सबैभन्दा बढी चिसो तथा दुर्गम पालिका बारेकोट भए पनि राहत वितरण तथा अस्थायी आवास निर्माणमा समेत पक्षपात भएको…

    Read More »
  • मेलम्चीको पानी माग्दै उपत्यकावासी, रित्ता भाँडा बोकेर आए सडकमा


    काठमाडौं । काठमाडौं उपत्यकावासीहरूले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर,मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए। उनीहरूले रित्ता गाग्री,लोटा,बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध र्‍याली निकालेको थिए। बहुप्रतीक्षित मेलम्ची…

    Read More »
  • जिल्ला बचतको नाफा ४ लाख ९६ हजार


    रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले एक वर्ष ४ लाख ९६ हजार रुपैयाँ बढी नाफा कमाएको छ । यो सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० मा ४ लाख ९६ हजार रुपैयाँ बढी नाफा कमाएको हो । बचत तथा ऋण सहकारी संघको शनिवार मन्थलीमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष कुलबहादुर कार्कीले संस्थाले गत वर्ष ४…

    Read More »
  • २० भन्दाबढी पत्रकारलाई मोजो तालिम


    रामेछाप । सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिमको शनिवार सम्पन्न भएको छ । तालिममा सहभागी पत्रकारहरूलाई बाग्मती प्रदेश सभा सदस्य युवराज चौँलागाईले प्रमाणपत्र प्रदान गरे । उनले सञ्चार रजिस्ट्रारको कार्यालयले यो तालिम रामेछापमा आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । पत्रकारहरूलाई दक्ष बनाउन उनीहरूको…

    Read More »
  • शिक्षकको नाफा ४ लाख


    रामेछाप । शिक्षक परोपकार बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९ /८० मा ४ लाख १ हजार ८ सय ८५ रुपैयाँ नाफा कमाएको छ । शनिवार मन्थलीमा सम्पन्न संस्थाको बाह्रौ साधारण सभाका अवसरमा कोषाध्यक्ष रामकुमार सुबेदीले आर्थिक प्रतिवेदन पेश गर्दै नाफा बारे जानकारी गराए । उनले गत आर्थिक वर्षमा १० लाख ८२ हजार ३ सय २३ रुपैयाँ बराबरको…

    Read More »
  • विटारपार्कको सर सफाई


    रामेछाप । आन्तरिक पर्यटन आउने क्रममा बढेपछि रामेछाप नगरपालिका- ८ बावियाखर्कमा रहेको विटार पार्कको सरसफाई गरिएको छ । शनिवार पार्क निर्माण समितिको अगुवाइमा पार्कको सर सफाइ गरिएको हो । समितिका अध्यक्ष सुनिल रायको नेतृत्वमा पार्क भित्र फालिएका पाल्ष्टिकजन्य र अन्य फोहोर हटाउनुका साथै पार्कभित्र रहेको झाडी पनि सफाइ गरेको छ । जाँगरिला युवाहरूले कोरोनाको कहरका बिच निर्माण गरी पार्क निर्माण…

    Read More »
  • बाल श्रम निषेध गर्न स्टिकर


    रामेछाप । नमुना नगर बाल सञ्जाल मन्थलीको आयोजनामा मन्थली नगरपालिकाले शनिवार बाल श्रम निषेध गर्ने अभियान अन्तर्गत सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँसेको छ । नगरले मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने यातायातको साधनमा उक्त स्टिकर टाँसेका हुन् । मन्थली नगरपालिका महिला तथा बाल बालिका शाखाकी प्रमुख भगवती तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछाप, ट्राफिक कार्यालय र…

    Read More »
  • सन्तोष र सुनिताको आवाजमा पूर्वेली गीत ‘मेरो हजुरलाई’ सार्वजनिक (भिडियोसहित)


    काठमाडौं : पूर्वेली लोक गीत मेरो हजुरलाई सार्वजनिक भएको छ । सन्तोष बिसि र सुनिता सन्यकको स्वर रहेको गीतमा शब्द कशम खातीको रहेको छ । गीतमा लय भने सन्तोष बिसिको नै रहेको छ । हिरा इन्टरनेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय हिरा नेपाली र सन्तोष बिसिको रहेको छ । भिडियोको छायांकन चेतन सामतले गरेका छन् भने निर्देशन नारायण…

    Read More »
  • सुनापति रनिङ शिल्डको उपाधि पशुपति माविलाई


    रामेछाप । सुनापति गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै पशुपति माविले उपाधि जितेको हो ।गत शनिवारदेखि सुरु भएको खेलमा पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको थियो…

    Read More »
Back to top button