जिल्ला बचतको नाफा ४ लाख ९६ हजार

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले एक वर्ष ४ लाख ९६ हजार रुपैयाँ बढी नाफा कमाएको छ । यो सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० मा ४ लाख ९६ हजार रुपैयाँ बढी नाफा कमाएको हो ।

बचत तथा ऋण सहकारी संघको शनिवार मन्थलीमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष कुलबहादुर कार्कीले संस्थाले गत वर्ष ४ लाख ९६ हजार ३०० रुपैयाँ नाफा कमाएको बताए । कोषाध्यक्ष कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार सो संस्थाको शेयर पुँजी ७ करोड ४३ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत सङ्कलन २ करोड १५ लाख ५१ हजार ८० रुपैयाँ पुगेको छ ।

महासचिव शिवराज श्रेष्ठको प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ मा हाल रहेको १७५ शेयर सदस्यबाट १८० शेयर सदस्य पु¥याउने संस्थाले लक्ष्य लिएको उल्लेख गरिएको छ । संघको आर्थिक वर्ष २०८०÷०८१ मा ५ लाख १९ हजार नाफा, शेयर पुँजी १५ लाख र बचत सङ्कलन ३ करोड ६८ लाख ९६ हजार ५५६ पु¥याउने लक्ष्य लिएको महासचिव श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button