समाचार
मेलम्चीको पानी स्थायी रुपमा काठमाडौं ल्याउन अझै ४ वर्ष लाग्ने
काठमाडौं । काठमाडा उपत्यकाको खानेपानी आवश्यकता पूरा गर्न महत्त्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको अधिकारीहरूले बताएका छन्। मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने देखिएपछि यस्तो स्थिति आइलागेको हो। एशियाली विकास बैंकले हालै गरेको एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने…
Read More »जीवित श्रीमानको मृत्यु दर्ता गरी भत्ता लिने महिला र सचिवविरुद्ध मुद्धा दायर
काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा श्रीमान् जीवितै हुँदै श्रीमानको मृत्यु दर्ताको किर्ते कागज बनाई एकल महिला भत्ता खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने सचिव विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालत काठमाडौँमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति सार्वजनिक गरेका थिए ।विज्ञप्तिका अनुसार मन्थली नगरपालिका वडा…
Read More »नेतालाई पेस्तोल पड्काउन दिए पछी निलम्बनमा परे असई
धनगढी । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् । उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी…
Read More »बर्दियाको गुलरियामा आगलागी, चार जनाको मृत्यु
बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ…
Read More »देशको अर्थतन्त्रमा बागमतीको दबदबा, राष्ट्रिय जीडीपीमा ३६.७ प्रतिशत योगदान
युवराज श्रेष्ठ काठमाडौं । देशको कुल अर्थतन्त्रमा बागमती प्रदेशको प्रभाव सबैभन्दा बलियो देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (पीजीडीपी) अनुमानअनुसार बागमती प्रदेशले एक्लै राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३६.७ प्रतिशत योगदान दिएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको…
Read More »देउसी भैलो खेल्ने समय तोकेर सुरक्षाको दायित्वबाट पन्छियो प्रशासन
रामेछाप । लक्ष्मीपूजाको दिन देखि पहिले पहिले रात भर दिन भर भैलो खेल्ने गरिन्थ्यो । गोबर्द्धनपूजाको दिन देखि एकादशी सम्म देउसी खेलिन्थ्यो । तर अचेल तिहार लागेसँगै जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर देउसी भैलोको लागि समय तोक्ने काम गरिरहेका छन् । सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने नियम लगाएका छन् ।…
Read More »झोलुंगे पुलको संख्या १० हजार कट्यो, खुसियालीमा फोटो प्रदर्शनी
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ ग्वादीको देउराली र कोलौदी जोडने करिब सय मिटर अग्लो पुल। दुई गाउँ जोडने पुल निर्माण भएसँगै आवात–जावतमा सहज भएको छ। तस्बिरः हुमाकान्त पोखरेलझोलुंगे पुलको संख्या १० हजार कट्यो, खुसियालीमा फोटो प्रदर्शनी ललितपुर नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ। सहरी विकास मन्त्री सिता गुरुङले तस्बिर प्रदर्शनी कार्यक्रमको उत्घाटन गरेकी थिइन्।…
Read More »संस्थाको ब्यानरमा तिहार अघि नै देउसी भैलो, संस्कृति जोगाउने नाउमा पैसा उठाउने माध्यम
रामेछाप । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मी पूजाको बेलुकाबाट खेलिने देउसी भैलो रामेछापमा भने पाँच दिन अगाडिबाटै सुरु भएको छ । नेपाल मगर महिला संघ रामेछाप नामक संस्थाले तिहार पर्वलाई नै चुनौती दिने गरी तिहार सुरु नहुँदै देउसी भैलो कार्यक्रम सुरु गरेको हो । यो वर्ष शनिवार देखि सुरु हुने यमपञ्चकको तेस्रो दिन सोमबारबाट देउसी भैलो खेलिने भएपनि नेपाल…
Read More »अत्याधिक भित्रियो प्लास्टिकका फूलमाला
रामेछाप । नेपाल सरकारले प्लास्टिक जन्य फूल उत्पादन तथा बिक्री वितरणमा गर्न नपाइने भनेर राजपत्रमा समेत सूचना प्रकाशित गरेको छ । सरकारको यो सूचना पछि यो वर्ष फूल उत्पादनमा किसानहरूले धेरै लगानी समेत गरे ।नेपाल सरकारले गत साउन १२ गते राजपत्रमा उल्लेखित सूचनामा भनिएको छ – प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने र उक्त…
Read More »५ दिनसम्म भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क
काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ ।गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ…
Read More »