समाचार
उमाकुण्डमा एथलेटिक्सका लागि सातदिने आधारभूत प्रशिक्षण सुरु
रामेछाप । उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एथलेटिक्स विधामा सातदिने आधारभूत प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद विकासलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ ।गाउँपालिकाको केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले खेलकुदलाई केवल मनोरञ्जनका रूपमा…
Read More »एमाले निकट व्यवसायी कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश
रामेछाप । नेकपा एमाले निकट व्यवसायी तथा रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार मन्थलीस्थित बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै उनी औपचारिक रूपमा काँग्रेसमा आबद्ध भएका हुन् । श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूले स्वागत…
Read More »रामेछाप बचत संघको साधारण सभा सम्पन्न
रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १८औँ वार्षिक साधारण सभा मंगलबार मन्थलीमा सम्पन्न भएको छ। सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे छलफल गर्दै सभा सम्पन्न भएको हो।सभाको उद्घाटन समारोहमा बोल्दै बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्थाहरूले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। उनले सहकारी अभियानप्रति जनविश्वास अझ मजबुत बनाउन नीति, विधि र…
Read More »रामेछापका गेल्जे लामा (शेर्पा) नेपाली काँग्रेसको समानुपातिक सूचीमा
रामेछाप — रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिक तर्फको बन्द सूचीमा समावेश हुनुभएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा रामेछापबाट शेर्पा जनजाति क्लष्टरअन्तर्गत लामा शेर्पाको नाम समावेश गरिएको हो। रामेछाप जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका लामा शेर्पा हाल नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनबाट…
Read More »मन्थली खानेपानी समितिको सदस्यमा दिनेश सुवेदी निर्वाचित
रामेछाप । मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति एरिया नं १ को सदस्य पदमा दिनेश सुवेदी निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी विजय सुवेदीले ४४ मत प्राप्त गरेका भने १० मतको अन्तरले पराजित गर्दै ५४ मत प्राप्त गरेका हुन् । उक्त निर्वाचनमा कूल ९९ मत खसेको थियो भने १ मत खाली रह्यो। शनिबार सम्पन्न एरिया नं १ का कूल १३३ मतदाता…
Read More »लिखु तामाकोशीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको वार्षिक समीक्षा
रामेछाप – लिखु तामाकोशी गाउँपालिका धोबीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। विगत एक वर्षमा हासिल उपलब्धि, चुनौती र आगामी कार्ययोजना मूल्याङ्कन गर्न आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहाल सभाध्यक्ष तथा अध्यक्ष केशव महत प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा सेतो गुराँस गाउँपालिका मेन्टर, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि,…
Read More »जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती
पाटन (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा आश्रमको गेट…
Read More »पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज (पर्सा), ९ पुस : वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा…
Read More »सामुदायिक विद्यालयमा निःशुल्क विद्युत् माग
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्युत् निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई उनीहरूले संयुक्त रूपमा अनुरोध पत्र बुझाउँदै देशभरका सामुदायिक विद्यालयको विद्युत् खर्च राज्यले व्यहोर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।प्रधानाध्यापकहरूको अनुसार प्रविधिमार्फत सिकाइको गहन अभ्यास भइरहेको वर्तमान शैक्षिक वातावरणमा विद्युत् अपरिहार्य भइसकेको…
Read More »उज्यालो नेपाल पार्टी रामेछापमा विस्तार संयोजकमा अन्जान लामा , सचिवमा राजकुमार मैनाली
रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा संगठन विस्तार गर्दै जिल्ला समिति घोषणा गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका पार्टीका संरक्षक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सोमबार सदरमुकाममा आयोजित प्रथम भेलाले अन्जान लामालाई जिल्ला संयोजक र राजकुमार मैनालीलाई सचिवमा चयन गरेको हो।तीन महिनाअघि गठन भएको पार्टीले संघीय संरचनाअनुसार देशभर संगठन विस्तार गर्ने तयारी थालेको छ। रामेछापको नेतृत्व चयनसहित पार्टीको…
Read More »