Trending

एमाले रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न

रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक आज सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य माधव प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेल, प्रदेश लेखा अध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायत बागमती प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकले नेकपा (एमाले) का पूर्व महासचिव तथा केन्द्रीय सदस्यमा निर्वाचित माधव प्रसाद ढुंगेल र केन्द्रीय कमिटी सदस्य गीता कार्कीलाई जिल्ला कमिटी बैठकमार्फत बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
त्यसैगरी बैठकले पौष २५ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुने ‘ निर्वाचन केन्द्रित वडा–टोल विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
आजकै बैठकले २०८१ फागुन २५ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रामेछापबाट क्रमशः कमलप्रसाद चौलागाईं, केशरबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, गीता कार्की, पशुपति बस्नेत, माधव प्रसाद ढुंगेल, रत्नप्रसाद गौतम र शान्तिप्रसाद पौडेल सिफारिस भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button