समाचार
रामेछाप अस्पतालमा भाँचिएको हड्डीको सफल शल्यक्रिया
रामेछाप । रामेछाप अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ। अस्पतालमा पहिलोपटक हड्डी भाँचिएको बिरामीको शल्यक्रिया सफल भएपछि अब जिल्लावासीलाई हड्डीसम्बन्धी उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्यतिर उन्मुख भएको छ। सोमबार अस्पतालमा दुई बिरामीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरिएको छ।मन्थली नगरपालिका–६ की ६३ वर्षीया बिमला कामीको खुट्टा भाँच्चिएको अवस्थालाई शल्यक्रिया गरी स्टिल प्लेट जडान गरिएको छ। त्यस्तै, रामेछाप…
Read More »परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा राखेका छन्। लोकतन्त्रको निरन्तरतासँगै पनि जनजीवनमा अनुभूत हुने परिवर्तन कमजोर बनेको र नेतृत्वको अकर्मण्यता झनै गहिरिँदै गएको अवस्थामा नयाँ वैकल्पिक शक्ति देशको आवश्यकता बनेको उनको भनाइ छ।आइतबार रामेछाप सदरमुकाममा आयोजित…
Read More »नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित
जनकपुर । नेपाल जेसिजको २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार कार्कीले ५१२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत ल्याए भने लक्ष्मी रश्मि शिल्पाकारले १४७ र राजा राम गौतमले ८३…
Read More »दोरम्बा शैलुङ वादो कप कराँते: बागमती प्रदेश प्रथम
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रिय दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता–२०८२ को उपाधि बागमती प्रदेशले जितेको छ। गाउँपालिकाको वडा नं. ५ गुराँसेमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशले १६ स्वर्ण, १४ रजत र २४ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा कोशी प्रदेशले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित दोस्रो स्थान प्राप्त…
Read More »दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता सुरु
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ गुराँसेमा शुक्रबारदेखि प्रतियोगिता प्रारम्भ भएको हो ।दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक सहयोगमा, वडा न. ५ को सह-प्रायोजनमा दोरम्बा वादो कराँते डो गुराँसे र आईडब्लुएफएन कराँते डो संघको आयोजनामा तथा गुराँसे युवा क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”…
Read More »चौथो विशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार चितवनमा आयोजित विशेष समारोहमा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगरबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट…
Read More »लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो
रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४…
Read More »रामेछाप नगरको पहिलो चौमासिक खर्च १४ प्रतिशत
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको चालू आव २०८२/८३ को पहिलो चौमसिक अवधिसम्म जम्मा बजेटको १४ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराए। उहाँका अनुसार चालू तर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत र पूँजीगत तर्फ ५७…
Read More »लिखु तामाकोसीमा मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रामेछाप — लिखु तामाकोसी गाउँपालिकामा मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित खेलकुद विकास समितिको आयोजनामा झट्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता प्रारम्भ भएको हो। लिखुतामाकोशि गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष सुसियल तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् बागमती प्रदेश सभा सदस्य मा. तारानारायण…
Read More »एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले एकताबद्ध कांग्रेसले नै मुलुकका जटिल समस्या समाधान गर्न सक्ने बताएका छन्। नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी वडा इकाइ समितिद्वारा बेतिनीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मजबुत एकता आवश्यक रहेको जोर दिए। “देश चुनावमा गएको छ, कांग्रेसभित्र पनि चुनाव हुँदैछ। अब आन्तरिक…
Read More »