समाचार
मुख्यमन्त्री बानियाँद्वारा कर्मचुली जुइना सुकौरा खोला पक्की पुल शिलान्यास
मकवानपुर । जिल्लाको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कर्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गरेका हुन् । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो…
Read More »११ औँ उद्योग दिवस अवसरमा तीन जना नव युवा उद्यमी सम्मानित
रामेछाप– ११ औँ उद्योग दिवस अवसरमा तीन जना नव युवा उद्यमी सम्मानित भएका छन् । चालु आवमा दर्ता भएका उद्योग मध्ये कम उमेरमा उद्योग व्यवसाय दर्ता गरि सञ्चालनमा रहेका तीन जना उद्यमी सम्मानित भएका छन् ।सम्मानित हुनेहरुमा बाणिज्य तर्फ थापा स्टेशनरी एण्ड सप्लायर्सकी व्यवसायी दिक्षा थापा, उद्योग तर्फबाट गुगल प्रीन्ट हाउस सञ्चालक सिमा मुग्राती र टुटेश्वर कृषि तथा पशुपंक्षी फर्मका…
Read More »एघारौँ उद्योग दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया
रामेछाप । एघारौँ उद्योग दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूल नारा सहित उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्योग व्यवसाय प्रर्वधनका लागि दर्ता प्रत्रिया एकै स्थान बाट गर्ने गरि निति नियम बनाउन आवस्यक रहेको बताए ।ऐन, निति नियम व्यवस्थित गर्न सकिएन,…
Read More »सहकारीले गर्यो चार बुँदे सहमतिः बुढाथोकीको माग पुरा
रामेछाप । तामाकोशी–५ किर्ने दोलखामा रहेका खिम्ती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले चार बुँदे सहमति गरेको छ । मन्थली नगरपालिका–१२ का विद्युत उपभोक्ता सदस्य सन्जय बुढाथोकीको नेतृत्वमा राखिएको आमरण अनशनपछि विद्युत महशुल अनलाइन भुक्तानीको व्यवस्था तत्काल लागू गर्नुपर्ने माग राखिएको थियो । आइतबार साँझ ७ बजे सहकारीको मुख्य कार्यालयमा अनशनमा सुरु गरेका थिए ।अनशनको विषय लिएर २०८२ मंसिर ८ गते…
Read More »क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माण सुरु
काभ्रेपलाञ्चोक । लगातारको बाढी–पहिरोले बारम्बार क्षतिग्रस्त हुँदै आएको बिपी राजमार्गको स्थायी पुनःनिर्माण सुरु गरिएको छ। देशको पूर्वी तथा मध्यपहाडी भूभागलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो र रणनीतिक मार्गका रूपमा रहेको यस राजमार्गका सबैभन्दा बढी क्षति पुगेका काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा तीन स्थानबाट एकैसाथ स्थायी संरचना निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।गत वर्ष असोज दोस्रो सातादेखि यो वर्षको असोज तेस्रो सातासम्म…
Read More »जाडोयाममा थामी विद्यार्थीलाई न्यानो कपडा
रामेछाप। दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित डडुवा र गडिगाउँ थामी बस्तीका ४२ जना विद्यार्थीले न्यानो कपडा पाए । जिल्लाको उच्च पहाडी भेगमा पर्ने यस क्षेत्रका बालबालिकाका लागि जाडोको मौसम चुनौतीपूर्ण हुन्छ । विद्यालयमा नियमित पढाइका क्रममा बालबालिकाहरू चिसो मौसमका कारण शारीरिक असुविधामा पर्ने गरेका थिए ।आइतबार (हिजो) रोजगारको शिलशिलामा बाहिरि देश रहेका गोरखाका राजकुमार तामाङको पहलमा गोरखाका युवा नेतृ तथा सामाजिक…
Read More »मन्थलीे नगर राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको हातमा
रामेछाप । मन्थली नगर स्तरीय ८ औँे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले हात पारेको छ ।गएको बिहीबार देखि मन्थली मा वि को खेल मैदानमा भएको विभिन्न विधामा ६६ स्वर्ण, ६६ रजत र ७९ काश्यसहित २११ पदकको लागि भएको प्रतियोगीतामा मन्थली मा वि ले ३४ वटा स्वर्ण २९ रजत र १७ काश्य सहित कूल ८० पदक जितेको छ ।…
Read More »सच्चाईको अधिवेशनले लियो २ जनाको ज्यान, चालकको अवस्था चिन्ताजनक
रामेछाप । धर्म, सत्य र मोक्षका ठूलो–ठूलो कुरा गर्नेहरूको कथा एकातिर छ, तर ठाडो प्रश्न अर्को छ । धर्मका नाममा गाउँका सोझासाझा बुढाबुढीलाई बटुलेर जोखिमपूर्ण यात्रामा पठाउनेहरूलाई आखिर जिम्मेवारीको कुनै अनुभूति छ कि छैन ? रजगाउँ माडी मुहानमा भएको पछिल्लो दुर्घटनाले एउटा कठोर उत्तर दिएको छ, धार्मिक अभियानले जति ठूलो आवाजमा सच्चाई प्रचार गर्छ, व्यवहारमा उनीहरूले देखाउने लापरवाही झन् ठूलो,…
Read More »रजगाउँ बाट सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेको सुमो दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ स्थित रजगाउँ माडी मुहानमा सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेका यात्रुवाहक सुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका ३ माथिल्लो कठजोरकी ५३ वर्षिया गितामाया जोगीको मृत्यु भएका दुर्घटनामा परी ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेहरुमा मन्थली नगरपालिका –२…
Read More »मन्थलीमा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख लव श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै व्यक्तिको स्वास्थ्य, अनुशासन र जीवनशैलीमा पर्ने सकारात्मक प्रभावका कारण नगरपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। सरोकारवाला निकायका सुझावहरू आत्मसात् गर्दै खेल पूर्वाधार विस्तार…
Read More »