बुद्धको मूर्ति अनावरण

रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडामा बुद्धको मूर्ति अनावरण गरिएको छ । (आज) बुधबार रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र बौद्ध धर्मका गुरु टुल्कु साङ्गे शेडुब तेन्जीन ठिन्ले पालश्याङपो रिन्पोक्षले संयुक्त रुपमा मूर्ति अनावरण गरिएको हो ।
रामेछाप नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ मा बिनियोजित १५ लाख र विभिन्न ब्यक्तिहरुबाट सहयोग संकलित रकम १५ लाख गरी ३० लाखको कुल लागतमा बुद्धको मूर्ति निमार्ण वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जानकारी दिए ।
उपभोक्ता समिति मार्फत निर्माण गरिएको बुद्धको मुर्ति धर्म गुरु रिन्पोक्षले मूर्तिको प्राणप्रतिष्ठा, छेवाङ तथा टाप्चे गरेका हुन् ।



