Trending

गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी

रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा आइसकेको छ। “मंसिर १ गतेदेखि वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी सुरु गरेका छौँ। यससँगै २१ वटा विद्यालयको डाटा इन्ट्री सम्पन्न भइसकेको छ भने बाँकी १० वटा विद्यालयको काम धमाधम भइरहेको छ,” उनले बताए।
गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले इ–हाजिरी प्रणालीलाई स्थानीय सरकारको उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरे। “स्थानीय तहमा सेवा प्रवाह चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउनु हाम्रो प्रमुख लक्ष्य हो। इ–हाजिरी लागू भएपछि कर्मचारी उपस्थिति नियमित हुनेछ, सेवाग्राहीले समयमै सेवा पाउने वातावरण बन्छ,” अध्यक्ष खड्काले भने।
“अब काम कागजमै सीमित रहने होइन, प्रणालीमै देखिनेछ। यसले कर्मचारीलाई जिम्मेवार बनाउने र सेवाको गुणस्तर बढाउनेछ,” उनले थपे। अध्यक्ष खड्काले आगामी दिनमा गाउँपालिकाका अन्य सेवा पनि क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button