Trending

फागुन १ देखि २१ सम्म गाउँमै केन्द्रित हुन कांग्रेस केन्द्रीय सदस्य घिमिरेको निर्देशन

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई फागुनको पहिलो दिनदेखि नै गाउँमै सक्रिय रहन कडा निर्देशन दिएका छन्। नेपाली कांग्रेस रामेछापको प्रचार–प्रसार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको यो संवेदनशील समयमा मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए।


पार्टी संगठन विस्तार र प्रचार–प्रसारका कामलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै नेता घिमिरेले निर्वाचनको नतिजा गाउँस्तरको सक्रियता र जनसम्पर्कमा प्रत्यक्ष निर्भर हुने बताए। उनले निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रको एकता, अनुशासन र जनतासँगको निरन्तर सम्पर्क नै विजयको मुख्य आधार भएको स्पष्ट पारे । सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै उनले यो अवधिमा कसैलाई पनि कार्यक्षेत्र नछोड्न सचेत गराए।


नेता घिमिरेको यो निर्देशनलाई कांग्रेसले निर्वाचन केन्द्रित रणनीतिक कदमका रूपमा अघि सारेको बुझिएको छ। पार्टी संगठनलाई टोलस्तरसम्म चलायमान बनाउँदै जनविश्वास थप सुदृढ गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको कांग्रेस स्रोतको भनाइ छ। फागुन २१ गतेको निर्वाचनका लागि समय निकै कम रहेको अवस्थामा घिमिरेको यो सक्रियताले रामेछापमा कांग्रेसको चुनावी अभियानलाई थप प्रभावकारी र ऊर्जावान् बनाएको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button