Trending

रामेछाप मतगणना अपडेट: ‘चिम’ चिन्हका दिपबहादुर योन्जनको सुरुवाती अग्रता

मन्थली, रामेछाप । रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना रोचक मोडमा प्रवेश गरेको छ। कुल १,४४० मत गणना भइसक्दा उज्यालो नेपाल पार्टीका उम्मेदवार दिपबहादुर योन्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई पछाडि छाड्दै अग्रता कायम गरेका छन्।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार ‘चिम’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका योन्जनले ६४२ मत प्राप्त गरेका छन्। उनलाई ‘तारा’ चिन्हका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३९६ मतका साथ पछ्याइरहेका छन्। यी दुई उम्मेदवारबीचको मतान्तरले रामेछापमा वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणलाई संकेत गरेको छ।

यसपटकको गणनामा स्थापित ठूला दलहरू भने सुरुवाती चरणमा केही पछि परेका देखिन्छन्। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका माधव ढुङ्गेल ९४ मतमा सीमित भएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले ६३ मत प्राप्त गर्दा अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति न्यून देखिएको छ।

थप विवरणका लागि

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button