Trending

कमल थापाले स्वीकारे हार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडाैं ५ बाट आफ्नो पराजय स्वीकार गरेका छन्। मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गरेको उनको भनाइ छ।

विजयोन्मुख रास्वपाकाे समित पोखरेललाई बधाई दिँदै देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।


उनले भनेका छन्, ‘निर्वाचनमा राप्रपाका तर्फबाट काठमाडौँ क्षेत्र नं. ५ को उम्मेदवार बनेको थिएँ। मतगणना अझै जारी छ, तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु। ’हलो’ चिन्हमा मतदान गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। पराजयका बाबजुद सशक्त चुनावी अभियान सञ्चालन गर्ने राप्रपाका सबै साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’


उनले चुनावी परिणामबाट विचलित नभई आत्मसमीक्षा गर्दै पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।


उनले थपेका छन्, ‘चुनाव परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर राप्रपा अघि बढ्नु पर्दछ। चुनावमा हार जित हुन्छ तर हिन्दु राष्ट्र र राजसंस्थाको महत्त्व नेपाल रहेसम्म सदैव जीवन्त रहन्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button