कल्पना सुनुवार नेपाली काङ्ग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित

कल्पना सुनुवार नेपाली काङ्ग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित

रामेछाप — नेपाली काङ्ग्रेस रामेछाप बाट १५ औँ महाधिवेशन अन्तर्गत जनजाति महिलातर्फ प्रदेश प्रतिनिधि पदमा रामेछापकी कल्पना सुनुवार निर्विरोध निर्वाचित भएकी छन्।

उक्त पदमा तोकिएको समयभित्र अन्य कसैको पनि उम्मेदवारी नपरेपछि सुनुवार सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

सामाजिक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय सुनुवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रामेछापको जिल्ला अध्यक्ष समेत हुन्। लोक संस्कृति र कला क्षेत्रको प्रवर्द्धनसँगै लामो समयदेखि नेपाली काङ्ग्रेसको स्थानीय राजनीतिमा क्रियाशील रहँदै आएकी सुनुवारको यो सर्वसम्मत चयनले रामेछाप काङ्ग्रेस र स्थानीय कलाकार वृत्तमा उत्साह थपेको छ।

निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सुनुवारले पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ वहन गर्ने बताइन्। उनले प्रदेश तहमा जनजाति, महिला तथा कला-संस्कृतिका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने र संगठन सुदृढीकरणमा निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button