गन्तब्य
रामेछापमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय
रामेछाप । जिल्लाको मन्थली नगरपालिका मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।पत्रकार सम्मेलन मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनमा संस्कृति…
Read More »९६ वर्षीया दृष्टिबिहीनको अलाप, मास्टरले मेरो घरबास खाए
रामेछाप । ऋणले उठिबास लगाएको समाचार नौलो होइन । कतिले जीवन नै त्याग गरेको पनि सुनिएको छ, देखिएको छ । तर, रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को घटना भने फरक छ । विश्वासको भड्खालोमा परेर फुलासीका ९६ वर्षीया खड्गीमाया कार्की र उनका वृद्ध पति फत्तबहादुर कार्कीको भने उठिवास लाग्यो । उठिवास लगाउने अरु कोही नभएर स्थानीय विद्यालयका शिक्षक हुन्,…
Read More »मन्थलीमा हाते ट्याक्टर मर्मत तालिम
रामेछाप । जिल्लाको मन्थलीमा हाते मेसिनरी औजार उपकरण सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु भएको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम सागर थापाले बताए । उनले भने– अव कृषकहरूले जमाना अनुसारको प्रविधिको प्रयोग गर्नु पर्दछ । यसको सही समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहीन हुने अवस्थामा पुग्ने गरेको…
Read More »कोदालो बोकेर योजना अनुगमन
रामेछाप । गाउँपालिकाले सञ्चालन गरेको योजनाहरूको अनुगमन गर्न आफै कोदालो बोकेर हिँड्ने लिखुतामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए । प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने– गाउँपालिकाका अधिकांश योजना भौतिक पूर्वाधार तर्फका हुने र त्यसमा पनि धेरै मात्रामा सडक स्तरोन्नति हुने गर्दछ । सडक स्तरोन्नति गर्दा सोलिङको काम धेरै हुने हुँदा सोलिङको अनुगमनका गर्दा शङ्का लागेमा बोकेर गएको कोदालोले खनेर…
Read More »थाङ्का र गलैँचाको हब बन्दै सुनापती
रामेछाप । गाउँघरमा आफ्नो घरायसी काम सकेर फुर्सदको समयमा थाङ्का रङ्गाएर मासिक रु २० देखि २५ हजार कमाउँछन् पन्जा तामाङ । थाङ्का रङ्गाएर बुट्टा भरेर घरमै बसिबसि आम्दानी हुन थालेपछि सुनापती गाउँपालिकाको वडा नं–३ हिलेदेवीका तामाङ गाउँमै खुसी छन् ।नेपालमा भ्रमण गर्न आएका विदेशीहरूले एक देखि डेढ लाख सम्म हालेर थाङ्का खरिद गरी लैजाने र आफूहरूले उत्पादन गरेको थाङ्का काठमाडौँको…
Read More »प्रेस युनियन रामेछापले लगायो पत्रकार महासंघमा ताला
रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले पत्रकार महासंघ रामेछापको भवनमा ताला लगाएको छ । मंगलबार पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीलाई मागसहित पत्र बुझाउँदै केन्द्रिय सदस्य रीता मगर, प्रदेश सदस्य कल्याण बुढाथोकी, अनिता मगर क्रियाशिल पत्रकारहरुको उपस्थितिमा युनियनले ताला लगाएको छ ।यही जेठको २६ गते सम्म सबै जिल्ला र प्रदेश अधिवेशन सकेर केन्द्रीय अधिवेशन गर्ने मिति तोकेको महासंघको…
Read More »खाँडादेवी गाउँपालिकामा सबै भन्दा धेरै बेरुजु
रामेछाप । जिल्लामा रहेको २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको आर्थिक वर्ष २०७९÷०८० को बेरुजू २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका स्थानीय तहको बेरुजू रकम २१ करोड ६२ लाख १९ हजार रुपैयाँ देखिएको हो ।महालेखापरीक्षकको प्रतिवेदन अनुसार रामेछापका ८ स्थानीय तहको जम्मा रकमको १…
Read More »मिडियाको भूमिका तथा चुनौतीका विषयमा अन्तरक्रिया
रामेछाप । नेपाल प्रेस युनियनको ३३ ओैँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन रामेछापले मिडियाको भूमिका तथा चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले पत्रकारको मुख्य भूमिका सरकारका तर्फबाट तथा अन्य क्षेत्रबाट हुने गरेका कमीकमजोरीलाई पनि सुधार्नका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरिन ।राज्यलाई सङ्कट परेकाबेला मिडिया आवश्यक पर्ने मन्थली नगरपालिका प्रमुख…
Read More »सकियो जनतासँग जनप्रतिनिधि कार्यक्रम
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आइतबार सबै वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सकेको छ । गाउँपालिकाले गत जेठ १ गते वडा नं. १ दुरागाउँबाट सुरु गरेको कार्यक्रम वडा नं. ७ तिल्पुङमा समापन गरेको छ । वडावडामा पुगेर नागरिकको समस्याका पोका र सुझाव बटुल्दै हिँडेका गाउँपालिकाका अध्यक्ष केशव महतले ती सबै समस्याका समाधान र सुझाव सहितको आगामी नीति तथा कार्यक्रम बन्ने बताए…
Read More »झोलुङ्गे पुल बनेपछि खुसी भए तिल्पुङवासी
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ को तिल्पुङ खोला वारिपारि जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुसी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि तिल्पुङ नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । तिल्पुङ खोलामा पुल नहुँदा तिल्पुङ ७ का स्थानीय खेतीपाती गर्न, जङ्गलमा घाँस दाउरा काट्न तथा आवतजावत गर्न समस्या भएको थियो । बर्खायाममा ठुलो खोला आउने हुँदा लामो…
Read More »