गन्तब्य
कहिले हुन्छ मन्थलीको फोहोर व्यवस्थापन ?
रामेछाप । मन्थली नगरपालिकाले आउँदो ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउने गत २०८० पुष २६ गते बिहीबार नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताएका थिए । उनले २०८० पुष २५ गते बुधवारका दिन सम्पन्न १४ औँ नगर सभाले पारित गरेको निर्णयहरू सार्वजनिक गर्दा पत्रकार बोलाएर नै सानका साथ भनेका थिए, ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउँछौ ।नगरपालिकाको यो निर्णयलाई मन्थलीवासीले…
Read More »बचतकर्ताको गुनासो सुन्दै वित्तीय साक्षरता दिँदै सामुदायिक लघुवित्त
रामेछाप । सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मन्थली अन्तर्गत इकाई कार्यालय पुरानागाउँले वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँमा बिहीबार भएको १ दिने कार्यक्रममा ४२ जना बचतकर्ता सदस्यहरूको उपस्थिति रहेको शाखा प्रमुख शर्मिला कार्कीले जानकारी दिइन् ।कार्यक्रम वडाध्यक्ष गोकर्ण राज आरणको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । कर्जा लिई…
Read More »जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा
रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले वैशाख १० गते देखि सुरु गरेको एकीकृत घुम्ती शिविरको तेस्रो दिन सम्ममा ९ सय ५० जनाले सेवा लिएका छन् ।पालिकाले वडा नं. १ गुन्सी, वडा नं. २ दिमिपोखरी र वडा नं. ४ बेथानमा घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा १७ व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने ९ वटा योजना सम्झौता भएका छन् ।त्यस्तै…
Read More »मन्थली माविलाई भवन बुझायो खानीले
रामेछाप । खानी निर्माण जेभीले मन्थलीको मन्थली माविका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण) गरी बुधवार हस्तान्तरण गरेको छ । यो सँगै विद्यालयले कक्षा कोठाका लागि बर्षेनी भोग्दै आएको समस्याबाट मुक्ति पाएको हो । निर्माण कम्पनीले भवन सँगै शौचालय, कम्पाउन्डवाल, खेल मैदान लगायतका काम सम्पन्न गरी नेपाल सरकार शिक्षा विकास इकाई रामेछाप मार्फत मन्थली नगरपालिकालाई ती भवनको साँचो हस्तान्तरण…
Read More »विद्यार्थी र अभिभावकको मन जित्दै मन्थली मावि
रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको मोह बढ्दै गएको हो । मन्थली माविको मेहनतका कारण विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएर विद्यार्थी र अभिभावको मन जित्न सफल भएको छ ।कक्षा १ देखि कक्षा १० सम्म मात्रै भर्ना अभियानको दशौँ दिन (बुधवार) १ हजारको हाराहारीमा विद्यार्थी भर्ना भई सकेको शिक्षक चन्द्र…
Read More »सान्नेफेदीमा बोलेरो दुर्घटना हुदाँ १५ जना घाइते
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको समयमा त्रिवेणी तर्फबाट सान्ने तर्फ जाँदै गरेको बा ६ च ९१६२ नम्बरको बोलेरो दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली सहितले…
Read More »आई पुग्यो एन्टी रेबिज भ्याक्सिन
रामेछाप । जिल्ला अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठले बताए ।उनले भने– रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई कुनै समस्या हुँदैन ।…
Read More »रामेछापमा हाजिर गरेर काम चलाऊ हाकीम लागे दोलखा
रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यवाहक कार्यालय प्रमुख रामेछापमा हाजिर गरेर दोलखा हानिएका छन् । कार्यवाहक कार्यालय प्रमुख निरोज खड्का उद्योग तथा वाणिज्य कार्यालय रामेछापमा हाजिर गरेर सेवाग्राहीको कुनै प्रवाह नगरी गर्मी छल्न दोलखा गएका हुन् ।कार्यालय प्रमुखले कार्यवाहक दिएपछि कार्यवाहकले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । कार्यावाहक तोकिएको अवधिभर प्रशासनिक बाहेकका कार्यालय प्रमुखको जिम्मेवारी कार्यवाहकले नै…
Read More »संरक्षण विहीन भयो बिटार पार्क
रामेछाप । स्थानीय निकायको बेवास्ताका कारण रामेछापको रामेछाप नगरपालिका वडा नं –८ मा निर्मित बिटार पार्क संरक्षण विहीन वनेको छ ।विगत ५ वर्ष अघि भएको लकडाउनका वेला मानिसहरूलाई दिन कटाउन र मनोरञ्जन लिन सहज होस भन्ने उद्देश्यले रामेछापका सहयोगी मनहरूको सक्रियतामा विभिन्न दातृहरूको सहयोगमा निर्मित यस पार्क स्थानीय निकायहरूको बेवास्ताकाकारण संरक्षण विहीन वनेको हो ।रामेछाप र मन्थली नगरपालिकाको सिमाना तथा…
Read More »आगलागीबाट १७ वटा घर गोठ जले
रामेछाप । आइतवार एकै दिन रामेछापमा आगालागीबाट १७ वटा घर गोठ जलेका छन । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । आइतवार दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना…
Read More »