समाचार
छिमेकले दियो गाईभैसी पाल्ने तालिम
रामेछाप । छिमेक लघुवित्त वित्तीय संस्था लि. रामेछाप शाखाले ३ दिने आधारभूत गाईभैसी पालन तालिम सम्पन्न गरेको छ । जिल्लाको मन्थली न.पा–४,सालु स्थित श्री आधारभूत विद्यालय सामली स्थानमा छिमेकले तालिम प्रदान गरेको हो ।गत चैत्र २० गते देखि २२ गते सम्म संचालन भएको तालिममा ९ पुरुष र ३६ महिला गरी ४३ जनाको सक्रिय सहभागिता रहेको थियो । छिमेकले संस्थामा आबद्ध…
Read More »कहिले सुरु हुन्छ मन्थली काठमाडौँ उडान ?
रामेछाप । जिल्लाको सदरमुकाम मन्थली – काठमाडौँ जहाज उडान कहिलेबाट सुरु हुन्छ भन्ने सवाल पैदा भएको छ । २०८० साल ज्येष्ठको तेस्रो हप्ता देखि नियमित उडान सुरु गरिने भनिए पनि मन्थली काठमाडौँ उडान अहिले सम्म सुरु हुन सकेको छैन ।नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता…
Read More »लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु
लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको छ ।समुहमा गएका ४ जनाको मध्ये ३ जना कोशिमा पौडी खेली पारी तरेका र मृतक श्रेष्ठ भने बेसीमा साबुन लगाई रहेका अवस्थामा पानीले खोज्ने क्रममा पानीमा…
Read More »अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र
रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह, निजी फर्म र कम्पनीलाई परियोजनाले बोयर जातका पाठापाठी वितरण गरेको हो।उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण…
Read More »मन्थली विमानस्थलमा एक्स–रे मेसिन
रामेछाप । जिल्लाको एक मात्र विमानस्थल मन्थली विमानस्थलमा एक्स–रे मेसिन राखिएको छ ।मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि सुरक्षा चेकजाँचमा कडाइ गर्नकालागि एक्स–रे मेसिन राखिएको छ ।एक्स–रे मेसिनका कारण नियमित चेकजाँच सहज बनाउने र सुरक्षाका दृष्टिले समेत अब्बल रहने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । जिल्लाको विमानस्थलमा चेकजाँचका लागि पहिलो पटक एक्स–रे मेसिन राखिएको हो ।विमानस्थलमा ब्यागेज…
Read More »बलियो राजनैतिक शक्ति बन्न एक ढिक्का हुनुपर्छ – संजय गौतम
रामेछाप । नेपाली काँग्रेस देशको बलियो राजनैतिक शक्ति बन्न काँग्रेस एक ढिक्का हुनुपर्ने काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सिँचाइ मन्त्री माननीय संजय गौतमले बताए । नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै गौतमले यस्तो बताएका हुन् ।गौतमले पार्टीलाई जनता प्रति जबाफदेही र बलियो राजनैतिक शक्तिको रूपमा विकास गर्न सम्पूर्ण काँग्रेसका सदस्यहरू एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताएका…
Read More »रामेछाप नगरपालिकाले सुरु गर्यो कुकुर बन्ध्याकरण शिविर
रामेछाप । रामेछाप नगरपालिकाले छाडा रहेका कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण शिविर सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर सञ्चालन गरेको छ । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर काभ्रेसँगको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुर नियन्त्रण गरि बन्ध्याकरण गर्ने पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताए ।…
Read More »नेपाली काँग्रेस रामेछाप नगर कार्य समिति र दीप बहादुर कार्की स्मृति प्रतिष्ठान द्धरा पीडितलाई नगद सहयोग
रामेछाप – नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले टाहार गाउँका आगलागी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले बुधवार टाहारमा स्वयम् पिडित परिवारलाई ५ हजारका दरले जम्मा ६५ हजार नगद सहयोग हस्तान्तरण गरेको हो । नगर कार्य समितिको आन्तरिक स्रोत बाट नगद व्यवस्थापन गरि आगलागीमा परी घर विहीन भएका परिवारलाई वस्ने घर बनाउन सहयोग…
Read More »रामेछापबाट २ हजार ७ सय बढीले एसइई परीक्षा दिँदै
रामेछाप । बिहीबारबाट सुरु हुने एसइई परीक्षामा २ हजार ७ सय ९४ परीक्षार्थीले सहभागिता जनाउने छन् । जिल्ला भरी एसइई परीक्षाको तयारी समेत पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताए ।गजुरेलका अनुसार यो वर्ष रामेछापमा दुई हजार छ सय ५९ जना नियमित र २५ जना ग्रेड वृद्धि परीक्षार्थी सहभागी हुँदै छन् । १ सय…
Read More »मिटरब्याजी समस्या सम्बोधन गर्न सहजिकरण डेस्क
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याजी समस्या सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ । प्रशासनले मिटरब्याजी सम्बन्धी उजुरी तथा पीडितहरूको गुनासोको सुनुवाइ गर्न सहजिकरण डेस्क स्थापना गरेको हो ।सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै डेस्क सञ्चालनमा ल्याएको जानकारी गराएको छ । प्रशासनले खरिदार सम्झना भुजेललाई सहजीकरण डेस्क र प्रशासकीय अधिकृत प्रकाश प्रधानलाई गुनासो सुनुवाइ तथा…
Read More »