ब्यानर न्युज
प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति
रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुव्र्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको…
Read More »उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्यका लागि सहयोगको आग्रह
रामेछाप । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम अन्तरगत रामेछाप अस्पतालको कार्यक्रममा बोल्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गरिबले महसुस गर्ने गरी सरकारले सुविधा दिनुपर्ने बताएका छन् ।ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र आफ्नो उज्यालो र नयाँ नेपाल…
Read More »राज्यमन्त्री पूर्ण बहादुर तामाङलाई गृह जिल्लामा कालो झण्डा
रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामलाई गृह जिल्ला रामेछापमा कालो झण्डा देखाएर अवरोध गरिएको छ । सोमबार नेपाली काग्रेस रामेछापका सचिव दिपक खड्का सहितका नेपाली काग्रेसका कार्यकर्ताले देवकोटा चोकमा कालो झण्डा देखाएका छन् ।रामेछापका पार्टि सभापती समेत रहेका राज्यमन्त्री पूर्ण बहादुर तामाङले तानासाहि प्रवृत्ति देखाएको सचिव खड्काले आरोप लगाएका छन् । सोमबार बिहान वि.पी.को सालिकमा…
Read More »भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा
काठमाडौँ । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेको छ । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएको हो । भेनेजुएला छोड्नु अघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेको थियो । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएका छन् । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएको थियो । चुनावमा धाँधली भएको…
Read More »राखेप निर्देशक चयनमा विवादः उपनिर्देशक संगीना वैद्यको राजीनामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् । राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेका थिए । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेको छ । तर राखेपका सदस्य सचिव…
Read More »खाद्यले गर्यो म्याद गुज्रिएको मैदा नष्ट
सिन्धुली । जिल्लाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले म्याद नाघेको मैदा नष्ट गरेको छ । खाद्य तथा दाना पदार्थहरूमा खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, श्री उद्योग तथा वाणिज्य र श्री जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको संयुक्त अनुगमन टोलीले आइतबार अनुगमन गरेको थियो ।सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा…
Read More »१५ वर्ष पछि पुनर्मिलन
रामेछाप । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको छ । उमेरले ५८ वर्षको दौरानमा रहेका पदमबहादुर १५ वर्ष अघि देखि परिवारसँगको भेटघाटमा थिएनन् । मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएको पदमबहादुर विगत १५ वर्ष देखि परिवार सँग भेटघाट नभएको चन्द्रमालाले बताइन् ।चन्द्रमालाले भनिन्– उहाँ ४ वर्ष अघि देखि त पूर्ण रूपमा…
Read More »यातायात व्यवस्था कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स
रामेछाप । सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः नवीकरण गर्ने बेला हुँदासम्म पनि स्मार्ट कार्ड हात नपर्ने चौतर्फी गुनासो आइरहेका बेला यातायात व्यवस्था कार्यालय खुर्कोटमा ट्रायल पास भएको दुई महिनामा सवारी चालक अनुमित पत्रको स्मार्ट कार्ड हातमा आइपुग्छ…
Read More »राहतमा एमालेको राजनीति
रामेछाप । वि.सं. २०७२ सालमा भूकम्प आउँदा मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकाश भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो…
Read More »सरकारले दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ: प्रचण्ड
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए । ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उनले भने– ‘उहाँहरुले…
Read More »