ब्यानर न्युज
आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत
रामेछाप । मङ्गलवार रातीको अविरल वर्षाका कारण जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको घर भत्कियो । उनको घरको एक पाखा पुरै भत्कियो । भत्किएको आफ्नो घरको कुनै वास्ता नगरी महत नागरिकको समस्या सुल्झाउन निस्किए ।आफ्नो घरको बारेमा पछि सोचौला, पहिले नागरिकको घरको समस्यालाई महत्त्व दिन पर्छ भनेर आफू नागरिकको समस्या सुल्झाउन निस्किएको उनले बताए । उनले भने, लिखुका नागरिकले भोट…
Read More »रामेछाप नगरपालिकाको ३ नम्बर वडा भ्रष्टाचारको अखडा बन्दै
रामेछाप । रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटार भ्रष्टाचारको अखडा बन्दै गएको छ । नीतिगत रुपमा नागरिकको सेवा र समग्र वडाको विकास गर्ने सपथ खाएका जननिर्वाचित प्रतिनिधिहरुले स्वेच्छाचारितालाई केन्द्रमा राखेर काम गर्दै जाँदा वडा कार्यालयमा भ्रष्टाचार मौलाउँदै गएको हो । दीर्घकालीन सोच र नतिजामुखी बजेट तथा योजना तर्जुमा गर्नु पर्नेमा त्यसो नगरी आयोजनाको काम अघि बढाउँदा वडामा अहिले विकास…
Read More »गन्तव्य टुडेमा प्रकाशित समाचारको प्रभाव : खयर काण्डमा निर्देशनालयले थाल्यो छानबीन
गन्तव्य टुडे दैनिक पत्रिकाबाट डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाबीचको अवैध लेनदेनका विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ ।केही समयअघि ‘घुसको अखडा बन्दै डिभिजन वन कार्यालय रामेछाप, आफैँ घुस खाँदै आफैँ गाडी समात्दै, किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी, वनका हाकिम ओमसागर भण्डारीले खयरमा लिएको घुसको फलोअप, कराडेपति बन्ने दौडमा रामेछापका डिएफओ’ लगायतका शीर्षकमा गन्तव्य टुडेले निरन्तर…
Read More »पहिरो पीडितलाई कान्छारामको सहयोग
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा पहिरोमा परि ज्यान गुमाउनेहरूको परिवारलाई नेपाली काँग्रेस रामेछापका सभापति तथा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नगद सहयोग गरेका छन् ।सांसद कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारको घरमा पुगेर शनिवार जनही १० हजार रुपैयाँका दरले तत्काललाई सहयोग उपलब्ध गराएका हुन । कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना दिँदै सुरक्षित…
Read More »मन्त्रीलाई माला लगाउन जाँदा आफै मन्त्री बनिन तामाङ
सिन्धुली। बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएकी छिन्। नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताएकी हुन्। सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए।…
Read More »सामुदायिक विकास समाजको प्रगती सुन्न धुलिखेलमा जनप्रतिनिधिको मेला
रामेछाप । जिल्लाको मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिका कार्यक्षेत्र बनाएर केही वर्षदेखी काम गर्दै आएको सामुदायिक विकास समाज रामेछापले परियोजना समिक्षा बैठक तथा उद्यम विकास रणनितीक योजना अभिमुखीकरण गोष्ठी काभ्रेको धुलिखेलमा गरिरहेको छ । ३ वटा पालिकालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको यो संस्थाले जनप्रतिनिधीलाई लोभ्याएर आफ्नो पक्षमा उभ्याउन रामरौसका साथ धुलिखेलको सुविधा सम्पन्न होटलमा कार्यक्रम गरिरहेकोे हो…
Read More »५९ लाखको भात पचाउन २ पानाको विज्ञप्ति
रामेछाप । एक आर्थिक वर्षमा खाना खाजामा मात्रै ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्न ’म चोखो छु, सुद्ध छु’ भनेर देखाउन विज्ञप्ति जारी गरेका छन् । उनको विज्ञप्ति हेर्दा लाग्छ– यो संसारमा अरू कसैलाई केही थाहा छैन, मात्र थाहा छ त ज्ञानकुमार श्रेष्ठलाई ।अध्यक्ष ज्ञानकुमारका ज्ञानका भण्डार मिश्रित…
Read More »गर्जाङ– खिम्ती प्रसारण लाइनका जग्गाधनीलाई क्षतिपूर्ति दिलाउन गाउँपालिकाले थाल्यो पहल
रामेछाप । गर्जाङ– खिम्ती प्रसारण लाइनमा परेको जग्गाका जग्गाधनीलाई क्षतिपूर्ति दिलाउन गोकुलगंगा गाउँपालिकाको पहल थालेको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माण गर्ने क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको स्थानीय जग्गाधनीहरूले अझै क्षतिपूर्ति नपाए पछि आफूले पहल थालेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले बताए ।प्रसारण लाइनबाट प्रत्यक्ष प्रभावित स्थानीयले अहिले सम्म क्षतिपूर्ति नपाएपछि गाउँपालिका अध्यक्ष खड्काले नेपाल…
Read More »करोडपति बन्ने दौडमा रामेछापका डिएफओ
नवराज वि.क.। रामेछाप । वनका कर्मचारी, बिचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् ।पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरू आउने गरेका छन् । खयरको कारोबार ठेकेदारसँग जोडिएर ठेकेदार र किसानको बिचमा मध्यस्थता निर्वाह गर्ने स्थानीय केही बिचौलियाहरूको सक्रियता पनि त्यत्तिकै देखिन्छ । आफ्नै…
Read More »खयरमा घुसको फलोअप: किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी
रामेछाप । रामेछापमा खयर किन्न आएका श्याम लिम्बुसँग डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले ३२ लाख घुस लिएको समाचार गन्तव्य टुडेमा प्रकाशन भए पछि निज डिभिजन प्रमुख भण्डारीले ध्यानाकर्षण पत्र निकालेर आफू चोखो भएको भ्रम फैलाउन खोजे । उनले ध्यानाकर्षण पत्र सँगै आफ्नो फेसबुक स्ट्याटसमा समेत आफू चोखो भएको र गन्तव्य टुडेले तथ्यहीन समाचार लेखेको भनेर गन्तव्य टुडेलाई…
Read More »