राजनीति

  • नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग


    रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ। जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित…

    Read More »
  • कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण


    विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्‌मा दुवै दलबाट चार–चार जना…

    Read More »
  • बेथानको स्मृतिले फेरि जगायो जनयुद्धकालीन इतिहास


    रामेछाप । जनयुद्धकालीन एक महत्वपूर्ण घटनास्थलका रूपमा चिनिने सुनापती गाउँपालिका–४ बेथानमा ३० औँ वीरता दिवस भव्य रूपमा मनाइँदा सहिदप्रति सम्मान र राजनीतिक परिवर्तनको स्मृति पुनः उजागर भएको छ । पानीघाट क्षेत्रमा आयोजित कार्यक्रममा जनयुद्धका प्रारम्भिक दिनको इतिहास, बलिदान र त्यसले ल्याएको परिवर्तनको स्मरण गरिएको छ । चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवशंकर पौडेलले…

    Read More »
  • एमाले निकट व्यवसायी कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश


    रामेछाप । नेकपा एमाले निकट व्यवसायी तथा रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार मन्थलीस्थित बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै उनी औपचारिक रूपमा काँग्रेसमा आबद्ध भएका हुन् । श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूले स्वागत…

    Read More »
  • रामेछापका गेल्जे लामा (शेर्पा) नेपाली काँग्रेसको समानुपातिक सूचीमा


    रामेछाप — रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिक तर्फको बन्द सूचीमा समावेश हुनुभएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा रामेछापबाट शेर्पा जनजाति क्लष्टरअन्तर्गत लामा शेर्पाको नाम समावेश गरिएको हो। रामेछाप जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका लामा शेर्पा हाल नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनबाट…

    Read More »
  • जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती


    पाटन (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा आश्रमको गेट…

    Read More »
  • उज्यालो नेपाल पार्टी रामेछापमा विस्तार संयोजकमा अन्जान लामा , सचिवमा राजकुमार मैनाली


    रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा संगठन विस्तार गर्दै जिल्ला समिति घोषणा गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका पार्टीका संरक्षक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सोमबार सदरमुकाममा आयोजित प्रथम भेलाले अन्जान लामालाई जिल्ला संयोजक र राजकुमार मैनालीलाई सचिवमा चयन गरेको हो।तीन महिनाअघि गठन भएको पार्टीले संघीय संरचनाअनुसार देशभर संगठन विस्तार गर्ने तयारी थालेको छ। रामेछापको नेतृत्व चयनसहित पार्टीको…

    Read More »
  • एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ : मुख्यमन्त्री बानियाँ


    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले एकताबद्ध कांग्रेसले नै मुलुकका जटिल समस्या समाधान गर्न सक्ने बताएका छन्। नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी वडा इकाइ समितिद्वारा बेतिनीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मजबुत एकता आवश्यक रहेको जोर दिए। “देश चुनावमा गएको छ, कांग्रेसभित्र पनि चुनाव हुँदैछ। अब आन्तरिक…

    Read More »
  • एमाले रामेछापको महाधिवेशन प्रतिनिधि छनोटमा सहमतिको प्रयास जारी


    रामेछाप । नेकपा एमाले रामेछापबाट ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जाने प्रतिनिधि सहमतिबाट छनोटका प्रयास जारी राखेका छन् । एमालेले सहमतिको लागि आन्तरिक छलफललाई तीब्र बनाएको छ । एमाले स्रोतकाअनुसार महाधिवेशन प्रतिनिधि छनोटका लागि सहमतिको नजिक पुगेको बताइएको छ । जिल्ला निर्वाचन कमिटीले निश्चित गरेको कार्यतालिका अनुसार मङ्गलवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता खुला गरिएको थियो, जसमा ६७ जनाले प्रतिनिधि…

    Read More »
  • संसद् विघटनदेखि राजनीतिक सङ्कटसम्मका विषयमा चेतावनी


    रामेछाप । शनिबार मन्थलीमा आयोजित एमाले रामेछापको जनसभामा नेताहरूले संसद् विघटनदेखि राजनीतिक सङ्कटसम्मका विषयमा कडा चेतावनीसहित ‘निर्णायक सन्देश’ जनतामा पु¥याउने घोषणा गरेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईले आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने पार्टीको शक्ति प्रदर्शनबाट नै देशमा बढ्दै गएको ‘राजनीतिक अन्योल, संसद् विघटन र बाह्य हस्तक्षेप’बारे स्पष्ट सन्देश दिने बताए। उनले…

    Read More »
Back to top button