समाचार
बिर्तामा बस दुर्घट्ना हुदाँ १० जना घाईते, थप उपचारका लागि धुलीखेल अस्पताल रिफर गरियो
रामेछाप । जिल्लाको लिखु तामाकोशी गा.पा.वडा नं.६ बिर्ता भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । गैरीबाट मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रु बहाक बस शुक्रबार विहान ८ः४५ बजे दुर्घटना भएको छ । बस सडक बाट अन्दाजी २५ मिटर खसेको छ । घाईते हुने हरुमा बस चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी…
Read More »कपडा डिजाइन सम्बन्धी ‘एडभान्स’ लेबलको तालिम
रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१, मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सम्पन्न भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायीक रूपमा काम गर्दै आएका २० जना महिलाहरूको सहभागितामा एडभान्स लेबलको तालिम भएको हो ।आइतबार मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ…
Read More »रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ६ लाखको बजेट
रामेछाप । रामेछाप नगरपालिका आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू र पत्रकार, संसारकर्मीसहितको उपस्थितिमा उक्त बजेट र आगामी नीति तथा कार्यक्रम नगरका प्रवक्ता समीर कार्कीले…
Read More »विद्यालय प्रशासनका कारण विद्यार्थीलाई समस्या नै समस्या
रामेछाप । गाउँपालिकाका अधिकांश माध्यमिक विद्यालयहरूको प्रधानाध्यापकले विद्यालयका स–साना समस्याहरूलाई वास्ता नगर्दा विद्यार्थीहरूलाई समस्या नै समस्या भएको छ । यो सँगै विद्यार्थी र शिक्षक बिचको सम्बन्ध सुमधुर हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लथालिङ्ग अवस्थामा पुग्न थालेका छन् ।गोकुलगंगा गाउँपालिकाले सुरु गरेको विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रममा भएको सवाल जवाफ कार्यक्रममा विद्यार्थीले विद्यालय प्रशासनसँग धेरै प्रश्नहरू राखेका थिए । गाउँपालिकाको…
Read More »क्विन बचतका बचतकर्ताको करोडौँ बचत जोखिममा
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा रहेको क्विन बचत तथा ऋण सहकारीको बचतकर्ताको लाखौँ बचत जोखिममा पर्ने देखिएको छ । एक हजार बचत कर्ताको करोडौँ बचत रकम रहेको क्विन बचतले बचतकर्तालाई भ्रममा पार्न मनै लोभ्याउने कार्यालय व्यवस्थापन, विभिन्न प्रलोभनमा पार्ने किसिमका कार्यक्रमहरू देखाएर बचतकर्ताको करोडौँ रकम जोखिममा पारेको यथार्थ बाहिर आएको छ ।जिल्ला भरी कार्य क्षेत्र रहेको…
Read More »विद्यार्थीको समस्या सुन्न विद्यार्थी सँग जनप्रतिनिधि र सुरक्षाकर्मी
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम सुरु भएको छ । मङ्गलवारबाट सुरु भएको बिद्यार्थीहरुको गुनासोको सवाल जबाफ हुने कार्यक्रम पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरूमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।बिद्यार्थीहरुको सवाल र सम्बन्धित पक्षको जबाफमा सम्बन्धित वडाका वडा अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक , जिल्ला प्रहरी कार्यालय प्रतिनिधिको उपस्थिति भएको थियो ।…
Read More »हेफरको कारणले रित्तियो किसानको खोर
रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ ।मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज…
Read More »संस्कृति संरक्षणका लागी पञ्चेबाजा बजाउने तालिम
रामेछाप । पञ्चे बाजा संरक्षणका लागि जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ । गाउँपालिकाले पालिकाका १५ जना महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरेको छ ।रैथाने संस्कार, संस्कृति र परम्परा जोगाउन महिलालाई पनि जिम्मेवारी दिन पञ्चेबाजा बजाउने तालिम दिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । दोरम्बा शैलुङ गाउँपालिकामा बाजा बजाउनेहरूको समेत कमी भएकाले समेत पञ्चेबाजा…
Read More »बागमती प्रदेशका पाँच अस्पताल बन्यो प्रादेशिक अस्पताल
युवराज श्रेष्ठ । मकवानपुर । रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चितवन जिल्लाको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली अस्पताल, दोलखाको जिरी अस्पताल, सिन्धुपाल्चोकको मेलम्ची अस्पताल र सिन्धुलीको दुधौली अस्पताललाई क्रमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बजेट प्रस्तुत गरेका छन् ।बिरामीको अत्यधिक चाप हुने मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन रामेछापका प्रदेश सांसदहरूले…
Read More »सडेगलेको अवस्थामा पुरुषको शव फेला
रामेछाप । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा एक पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको छ । मृत भेटिएको सुजन बुढाथोकीको शवलाई मन्थली अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो ।घरमा झुन्डिएकै अवस्थामा सडेगलिसकेको शव शनिवार फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रवक्ता कौशल न्यौपानेले बताए ।झुन्डिएर मृत अवस्थामा भेटिएको बुढाथोकीको सबसँगै एकथान मोबाइल,…
Read More »