नेपाल शिक्षक संघले रामेछाप द्धारा पूर्व अध्यक्ष र सेवा निवृत्त शिक्षकलाई सम्मान
						रामेछाप । नेपाल शिक्षक संघ रामेछापले पूर्व अध्यक्षहरू र सेवा निर्वृत्त भएका शिक्षकहरूलाई सम्मान गरेको छ । संघले शनिवार ३ जना पूर्व अध्यक्ष र १४ जना सेवा निर्वृत्त शिक्षकहरूलाई सम्मान प्रदान गरेको हो ।

संघको २५ औँ प्रतिनिधि सभा कार्यक्रमको अवसरमा संघले संस्थापक एव पूर्व अध्यक्ष रामचन्द्र खड्कासहित पूर्व अध्यक्ष लक्ष्मण कुमार घिमिरे र नवराज घिमिरेलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले (जिसस) प्रमुख चिना खड्का, पार्टीका सल्लाहकार नेता कृष्ण महत, उपसभापति लेखबहादुर कार्की, पार्टीको क्षेत्र नं २ (ख) का सभापति राजेश कुमार श्रेष्ठ लगायतको उपस्थितिमा दोसल्ला र सम्मान पत्रसहित सम्मान गरको थियो ।
संघले महेश चौधरी (बेताली), योमन सुनुवार (दुरा गाउँ), काले माझी (रामेछाप), मानबहादुर तामाङ (रामेछाप), गिरेन्द्र प्रसाद सुवेदी (मन्थली), शम्भु बुढाथोकी (मन्थली) मीनबहादुर के सी (खाँडादेवी) सरद कुमार के सी ( खाँडादेवी), भारती के सी (खाँडादेवी) अर्जुन कुमार श्रेष्ठ (खाँडादेवी) हरिप्रसाद ढुङ्गेल (खाँडादेवी) निरबहादुर पौडेल (खाँडादेवी) टकबहादुर घिसिङ (सुनापति) र हरिकृष्ण पाठक (दोरम्बा शैलुङ) का सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको थियो ।

संघले प्रतिनिधि सभाको अवसरमा शिक्षकहरूले सरकारले चालु हिउँदे अधिवेशनबाट नयाँ शिक्षा ऐन ल्याउनु पर्ने माग गरेका थिए । अधिवेशनबाट २०२८ सालको शिक्षा ऐन खारेज गर्दै नयाँ जारी नभए कहिले पनि हुन नसक्ने तर्क गर्दै जसरी पनि ऐन तथा विधेयक ल्याउन पहल गरिदिन राज्य मन्त्री तामाङको ध्यानाकर्षण गरे ।
यस पटक पनि ऐन ल्याएन भने कहिले आउँदैन त्यसैले मन्त्रीज्यू जसरी पनि पहल हुनु प¥यो संघको केन्द्रीय सदस्य यशोधा कोइरालाले चेतावनी दिँदै भनिन् ‘नत्र हामी चरणबद्ध आन्दोलन घोषणा गर्छौँ । यो आन्दोलन सरकारले रोकेर रोकिँदैन ।’
				
					


