Trending

ओखलढुङ्गामा बढ्दै कुमार लुइटेलको पक्षमा माहोल

ओखलढुङ्गा । ओखलढुङ्गाका नेपाली कांग्रेसका सबै तहका नेताहरू पार्टीका उम्मेदवार कुमार लुइटेललाई जिताउ एकताको सन्देशसहित मतदाता माझ पुगेका छन् । विशेष महाधिवेशनका सन्दर्भमा देखिएका कतिपय असन्तुष्टिलाई मिलाएर पार्टीको जितका लागि सबै नेताहरू एकाकार भएका हुन् ।

कांग्रेसका उम्मेदवार कुमार लुइटेल सहितको टोली यतिबेला गाउँ केन्द्रित छ । जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारका पक्षमा माहोल तयार गर्न गाउँ/नगर वडास्तरका सबै तहका समितिलाई जागरुक बनाएको छ ।

एउटामात्र निर्वाचन क्षेत्र ओखलढुङ्गा कांग्रेससँगको प्रतिष्पर्धा नेकपा एमालेसँग भए पनि पछिल्लो पटक जिल्ला अध्यक्षसहित ३० जना पदाधिकारी तथा नेताहरू नेकपामा प्रवेश गरेका छन् । यद्यपि नेकपाको मत भार अत्यन्त कमजोर रहेको र एमालेको संगठनमा आएको पहिरोका कारण कांग्रेसको जित सहज देखिने स्थानीय मतदाताहरूको भनाइ छ ।

कांग्रेसका उम्मेदवार लुइटेल नागरिकमाझ लोकप्रिय र इमानदार नेताका रूपमा परिचित छन् । उनको उम्मेदवारीले युवा पुस्ताको समेत प्रतिनिधित्व भएको भन्दै ओखलढुङ्गा कांग्रेस एक ढिक्का भएर लागेको चिशंखुगढी गाउँपालिका सभापति गोपालमान थापाले बताए । ८ स्थानीय तह र ७५ वडा मा विभाजित ओखलढुङ्गाका आम मतदाताको मन जितेर मत बदल्ने अभियानका सबै नेताहरू जु्टेका छन् ।

नेपाली कांग्रेसका नेता संविधानसभा सदस्य तथा पूर्व सांसद पूर्व केन्द्रीय सदस्य रामहरी खतिवडाले ओखलढुङ्गा कांग्रेसलाई जिताउने अभियानमा लागेका छन् । ‘मेरो राजनीतिक जीवनमा ओृखलढुंगाका मतदाता सबैभन्दा ठूला हुन् । कांग्रेस सबै जिल्लामा हार्दा पनि ओखलढुङ्गामा जित्छ भन्ने पुरानो सन्देशलाई फर्काएर यो, त्यो नभनी कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई रूख चिन्हमा मतदान गर्न सम्पूर्ण ओखलढुङ्गाबासी नागरिकलाई आह्वान गर्दछु ।’

देशमा राजनीतिक स्थिरता, विकास, समृद्धि र सुशासनका लागि कांग्रेसकोको विकल्प नरहेको भन्दै कांग्रेसले यो निर्वाचनमा कांग्रेसको बहुमत आउने ठोकुवा गरे । खतिवडा जिल्लाका लोकप्रिय नेता हुन् ।

त्यस्तै पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका भौतिक मन्त्री समेत रहेका ओखलढुङ्गा का पूर्वसभापति प्रदीपकुमार सुनुवारले ओखलढुङ्गाको भुगोलले चिनेका युवा नेता कुमार लुइटलको जित नै ओखलढुंगो जनताको जित हुने बताए । सुशासन र समृद्धिका लागि कांग्रेसले देशको नेतृत्व गर्नु पर्ने उनको भनाइ छ ।

उम्मेदवार लुइटेलले पालिका स्तरीय घरदैलो तथा भेटघाट कार्यक्रम सकेर वडास्तरीय भेटघाटमा लागेका छन् । बौद्धिक व्यक्तित्व लुइटेलले टिकट ल्याएपछि गाउँतहका मतदाताहरूमा नयाँ उत्साह आएको स्थानीय ढुंडिराज पहाडीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button