विद्यालय प्रशासनका कारण विद्यार्थीलाई समस्या नै समस्या
गन्तब्य
रामेछाप । गाउँपालिकाका अधिकांश माध्यमिक विद्यालयहरूको प्रधानाध्यापकले विद्यालयका स–साना समस्याहरूलाई वास्ता नगर्दा विद्यार्थीहरूलाई समस्या नै समस्या भएको छ । यो सँगै विद्यार्थी र शिक्षक बिचको सम्बन्ध सुमधुर हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लथालिङ्ग अवस्थामा पुग्न थालेका छन् ।गोकुलगंगा गाउँपालिकाले सुरु गरेको विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रममा भएको सवाल जवाफ कार्यक्रममा विद्यार्थीले विद्यालय प्रशासनसँग धेरै प्रश्नहरू राखेका थिए । गाउँपालिकाको…
Read More »विद्यार्थीले निर्धक्क प्रश्न गरे सरोकारवालाहरू सँग
अन्य
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकामा बुधवार पनि विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रम सञ्चालन गरिएको छ । दोस्रो दिन पालिकाको ५ नं. वडामा रहेको कमलादेवी माध्यमिक विद्यालय र ३ नं. वडामा रहेको गोकुलगंगा माध्यमिक विद्यालय उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कमलादेवी माध्यमिक विद्यालयमा विद्यार्थीको थुप्रै समस्या मध्य खानेपानी, फर्निचर, महिलाको बाथरुममा चुकुल, परिचयपत्र लगायतका समस्याहरू विद्यार्थीले राखेका थिए । ५…
Read More »विद्यार्थीको समस्या सुन्न विद्यार्थी सँग जनप्रतिनिधि र सुरक्षाकर्मी
गन्तब्य
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम सुरु भएको छ । मङ्गलवारबाट सुरु भएको बिद्यार्थीहरुको गुनासोको सवाल जबाफ हुने कार्यक्रम पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरूमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।बिद्यार्थीहरुको सवाल र सम्बन्धित पक्षको जबाफमा सम्बन्धित वडाका वडा अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक , जिल्ला प्रहरी कार्यालय प्रतिनिधिको उपस्थिति भएको थियो ।…
Read More »हेफरको कारणले रित्तियो किसानको खोर
कृषि
रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ ।मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज…
Read More »संस्कृति संरक्षणका लागी पञ्चेबाजा बजाउने तालिम
गन्तब्य
रामेछाप । पञ्चे बाजा संरक्षणका लागि जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ । गाउँपालिकाले पालिकाका १५ जना महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरेको छ ।रैथाने संस्कार, संस्कृति र परम्परा जोगाउन महिलालाई पनि जिम्मेवारी दिन पञ्चेबाजा बजाउने तालिम दिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । दोरम्बा शैलुङ गाउँपालिकामा बाजा बजाउनेहरूको समेत कमी भएकाले समेत पञ्चेबाजा…
Read More »बागमती प्रदेशका पाँच अस्पताल बन्यो प्रादेशिक अस्पताल
गन्तब्य
युवराज श्रेष्ठ । मकवानपुर । रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चितवन जिल्लाको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली अस्पताल, दोलखाको जिरी अस्पताल, सिन्धुपाल्चोकको मेलम्ची अस्पताल र सिन्धुलीको दुधौली अस्पताललाई क्रमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बजेट प्रस्तुत गरेका छन् ।बिरामीको अत्यधिक चाप हुने मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन रामेछापका प्रदेश सांसदहरूले…
Read More »सडेगलेको अवस्थामा पुरुषको शव फेला
समाचार
रामेछाप । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा एक पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको छ । मृत भेटिएको सुजन बुढाथोकीको शवलाई मन्थली अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो ।घरमा झुन्डिएकै अवस्थामा सडेगलिसकेको शव शनिवार फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रवक्ता कौशल न्यौपानेले बताए ।झुन्डिएर मृत अवस्थामा भेटिएको बुढाथोकीको सबसँगै एकथान मोबाइल,…
Read More »दावाले फाँडे सिद्धनाथ सामुदायिक वन
गन्तब्य
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ४ मा रहेको सिद्धनाथ सामुदायिक वनमा अवैध रूपमा रुख काटिएको पाइएको छ । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष प्रेम मगरका अनुसार बनमा धेरै प्रजातिका रुखहरू मनोमानी ढङ्गले काटिएको हो ।नीति नियम जानेका मान्छेले नै यसरी जङ्गल फडानी गर्नु दण्डनीय भएको अध्यक्ष मगर बताउँछन् । उनी भन्छन्– दोरम्बा शैलुङ गाउँपालिका वडा नं.१ मा पर्ने…
Read More »काम नै नगरी ७१ लाख ३५ हजार भुत्तानी
गन्तब्य
रामेछाप । पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माण कम्पनीले आयोजना सँग ७१ लाख ३५हजार रुपैयाँ पेस्की बापतको रकम काम नै नगरी लगिसकेको जानकारी प्राप्त भएको छ । पेस्की लगे पछि पनि काम नभएपछि निर्माण कम्पनीलाई ताकेता पत्र पठाइ सम्बन्धित कार्यक्षेत्रमा पठाइएको पनि आयोजनाका सूचना अधिकारी हर्क बहादुर प्रधानले बताए ।पुष्पलाल (मध्यपहाडी) मार्ग…
Read More »अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान उपलब्धिमूलक भएन
गन्तब्य
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पालिकाले अनुदानका कार्यक्रमहरू कटौती गरेको गुनासो पोखेपछि अध्यक्ष खड्काले व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका हुुन् । उनले भने, ’हामीले अनुदानका कार्यक्रम कटौती गरेका होइनौ, व्यवस्थित कार्यविधि…
Read More »