नेफ्स्कुनमा बाग्मति प्रदेश बाट प्रतिनिधि जान सम्भु घिमिरेको तयारी
गन्तब्य
काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को बाग्मति प्रदेश बाट प्रतिनिधि जान धुम्बाराहीमा रहेको दुर्गाभवानी बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै शम्भु घिमिरेले तयारी गरेका छन् ।काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) का पूर्व अध्यक्ष समेत भई सहकारी क्षेत्रमा सेवा गरिसकेका घिमिरेको यस क्षेत्रमा राम्रो अनुभव रहेको छ ।सहकारीमा सुशासन र दिगोपनकालागि आफूले…
Read More »उमाकुण्ड राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीलाई
खेलकुद
रामेछाप । उमाकुण्ड गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी मा. वि. प्रीतिले जितेको छ । गत आइतबार बाट सुरु भएको प्रतियोगितामा श्री चण्डेश्वरी मा. वि. प्रीतिले ५ स्वर्ण, ६ रजत, ६ कास्य पदक जितेर प्रथम भएको छ । श्री कैलेश्वर मा.वि. गुप्तेश्वरले ५ स्वर्ण, ५ रजत, ६ कास्य ल्याई द्वितीय र श्री सिद्धेश्वर मा. वि. बाम्तीले ५ स्वर्ण, ५…
Read More »वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै
रामेछाप । रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ मा रामेछापबाट ५ हजार ५ सय ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए भने पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा २ हजार २२ जना बढी अर्थात् ७ हजार ५ सय ६२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगारीमा गएका ७…
Read More »साँघुटार स्वास्थ्य चौकी छिट्टै नगर अस्पताल बन्दै
गन्तब्य
रामेछाप । साँघुटार स्वास्थ्य चौकीलाई छिट्टै नगर अस्पताल बनाइने भएको छ । । रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्कीका अनुसार रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाइने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।संयोजक कार्कीका अनुसार बाग्मती प्रदेश सरकार सशर्त अनुदान तर्फ एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत विभिन्न पदमा…
Read More »वडामा विद्युतीय प्रणालीमार्फत हाजिरी
ब्यानर न्युज
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ ले विद्युतीय प्रणालीमार्फत हाजिरी सुरु गरेको छ । वडा नं. ४ को कार्यलयले पालिकाभरिमै पहिलो पटक विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो ।गाउँपालिकाको कार्यालयमा समेत विद्युतीय हाजिरी नभएको सो पालिकामा वडा नं ४ ले भने विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो । ७ वटा वडा रहेको उक्त पालिकामा पहिलो पटक वडा नं…
Read More »किन रोकियो काँग्रेस महासमितिको निर्वाचन?
गन्तब्य
रामेछाप । गत मंसिर १७ गते बिपी स्मृति भवन मन्थलीमा बसेको नेपाली काँग्रेस जिल्ला कार्यक्रम समिति र महाधिवेशन प्रतिनिधि सहितको बैठकमा मंसिर २३ गतेदेखि महासमिति निर्वाचनको कार्यक्रम अगाडि बढाउने सहमति गरेको थियो । सोही अनुरूप काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र पूर्व सभापति रामचन्द्र खड्काको छुट्टाछुट्टै टिमले महासमिति निर्वाचनको लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए ।सोही बैठकले पुसको २…
Read More »यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
ब्यानर न्युज
रामेछाप ।जिल्लाको लिखुतामाकोशी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङका आइटी शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन् । उनलाई सो विद्यालयको कक्षा ९ मा अध्ययनरत एक बालिकालाई दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।उक्त विद्यालयमा अध्ययनरत पीडित बालीकाले यौन दुर्व्यवहार गरेको भन्दै आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख प्रनाउ…
Read More »सुनापति रनिङ शिल्डको उपाधि पशुपति माविलाई
खेलकुद
रामेछाप । सुनापति गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै पशुपति माविले उपाधि जितेको हो ।गत शनिवारदेखि सुरु भएको खेलमा पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको थियो…
Read More »‘अहिलेको बजेटले देशमा दुर्गति निम्त्यायो’ : ओली
गन्तब्य
रामेछाप । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले देशमा दुर्गति निम्तिएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार साँझ रामेछापको मन्थलीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगरेको बताएका हुन् ।उनले भने, हरेक पटक नीति कार्यक्रमको बहस हुँदा हामीले यो उपयुक्त छैन भनेका छौँ, यो…
Read More »मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने
अर्थ
काठमाडौँ, २३ मङ्सिर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताए । उनले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए…
Read More »