गन्तब्य
सामाजिक अनुसन्धान विषयमा ३ दिने तालिम
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘सामाजिक अनुसन्धान’ विषयमा आयोजित ३ दिने तालिम’ शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो । विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल ‘श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँबानेश्वरस्थित सभाहलमा सञ्चालन गरिएको थियो । कलेज…
Read More »मन्थली अस्पतालमा थाईराईड परीक्षण
रामेछाप । जिल्लामा रहेको मन्थली अस्पतालले थाईराईड सेवा विस्तार गरेको छ । अस्पतालले शनिवारबाट थाईराईड परीक्षण सेवा सुरु गरेको हो । अस्पतालले अन्तर्राष्ट्रिय थाइराइड दिवसका अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।दिवसको अवसरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर थाईराईड सेवा सेवा सुरु गरेका हुन् । प्रमुख श्रेष्ठले मन्थली अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्नका लागि नगरपालिका जुनसुकै सहयोग…
Read More »मलामी गएका कुलबहादुर मृत भेटिए
रामेछाप । मलामी गएका कुलबहादुर विक मृत भेटिए भेटिएका छन् । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा मलामी जाने क्रममा खोलामा डुबेका पुरुष मृत फेला परेका हुन् ।दोलखाको जिरी नगरपालिका वडा नम्बर २ भिरखर्कका कुलबहादुर मृत फेला परेका हुन् । उनी शुक्रवार बिहान गोकुलगंगा गाउँपालिका–२ ठोसे बजारस्थित खिम्ती खोलामा मलामी गएका थिए ।ठोसेमा रहेका एक जना आफन्तको निधन भएपछि दुई छोरा…
Read More »मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा
रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। दूरदराजका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि मन्थली अस्पतालले शुक्रवारबाट यो सेवा सुचारु गरेको हो।मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीर क्षेत्रीले बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए।लामो समयको प्रयास पछि शुक्रवारदेखि मन्थली अस्पतालमा…
Read More »प्रचारप्रसार र संरक्षण नभएको ‘थामी ला कोला’
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाको अत्यन्तै लोकप्रिय स्थान खाँडादेवी मन्दिर भन्दा २ सय मिटर तल रहेको जङ्गलमा भएको एक गुफा थामीको घर भएको जनविश्वास रहिआएको छ । त्यहाँको तामाङ समुदायमा ‘थामी ला कोला’ नामले परिचित सो जङ्गलको अनकन्टारमा रहेको सो गुफा प्रचार प्रसार र संरक्षणको अभावमा गुमनाम बनेको छ । थामी भनेको एक जाति र तामाङ भाषामा ‘कोला’ भन्नाले बच्चा…
Read More »खाँडादेवीमा निशुल्क कफी वारिष्टा तालिम सुरु
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशिलता प्रबर्धन परियोजनाको आयोजनामा १८ दिने निशुल्क कफी वारिष्टा तालिम बुधवार उद्घाटन भएको हो ।खाँडादेवी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खाडादेवी गाउँपालिकाको कार्यवाहक…
Read More »नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर
रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू सँग सुझाव लिई पत्रकारहरूसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर प्रष्ट पारे ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विकासका लागी एसियाकै सबै भन्दा अग्लो…
Read More »समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य
रामेछाप । समाजको उन्नति, प्रगति र समग्र विकासको लागी जनप्रतिनिधिले काम गरेर मात्रै नहुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग विना गाउँपालिकाको समृद्धि हुन नसक्ने अध्यक्ष महतले थपे ।७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर वडावासी सामु पुगेका अध्यक्ष महतले वडाका नागरिकले समृद्ध गाउँपालिका निर्माणमा…
Read More »शैलुङ पानी फ्याक्ट्रीमा सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले लगायो बिक्री वितरणमा रोक
उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा…
Read More »लिखु तामाकोशी गाउँपालिका द्धरा बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पालिकाले पालिका भित्रका वृद्धबृद्धा र गर्भवती महिलालाई पर्ने समस्यालाई ध्यानमा राखी यो निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको महतले बताए । पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा अध्यक्ष महतले सो कुरा बताएका हुन् ।गाउँमा बृद्धबृद्धा र गर्भवती महिलाहरूको…
Read More »