स्वास्थ्य

  • मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा


    रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। दूरदराजका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि मन्थली अस्पतालले शुक्रवारबाट यो सेवा सुचारु गरेको हो।मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीर क्षेत्रीले बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए।लामो समयको प्रयास पछि शुक्रवारदेखि मन्थली अस्पतालमा…

    Read More »
  • शैलुङ पानी फ्याक्ट्रीमा सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले लगायो बिक्री वितरणमा रोक


    उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा…

    Read More »
  • लिखु तामाकोशी गाउँपालिका द्धरा बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा


    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पालिकाले पालिका भित्रका वृद्धबृद्धा र गर्भवती महिलालाई पर्ने समस्यालाई ध्यानमा राखी यो निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको महतले बताए । पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा अध्यक्ष महतले सो कुरा बताएका हुन् ।गाउँमा बृद्धबृद्धा र गर्भवती महिलाहरूको…

    Read More »
  • मन्थली अस्पतालमा हाड जोर्नी रोगको विशेषज्ञ शिविर


    रामेछाप । मन्थली अस्पतालमा सञ्चालित हाड जोर्नी रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरू सहितको शिविरमा ८६ जनाले सेवा लिएका छन् । मन्थली अस्पताल वैशाख २८ गते शुक्रवार (हिजो) डा.इवामुरा मेमोरियल अस्पताल भक्तपुरको विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए ।शिविरमा हाड जोर्नी रोग विशेषज्ञ सेवाहरूः– हड्डी खिइएको, बाथ तथा युरिक एसिड बढेर हुने दुखाई, घुँडा तथा जोर्नीको दुखाई, ढाड तथा कम्मरको दुखाई, हड्डी भाँचिएको…

    Read More »
  • रामेछाप अस्पतालमै बालबालिकाको उपचार


    रामेछाप । रामेछाप अस्पतालले बाल बालिकाको उपचार सुरु गरेसँगै आफ्नो बालबालिकाको उपचारका लागी सहरका अस्पतालमा जान पर्ने बाध्यता हटेको रामेछाप नगरपालिका वडा नं. ८ की सरस्वती भुजेलले बताइन् । उनले भनिन् – बालबच्चा बिरामी हुँदा आमालाई ठुलो पीडा हुन्छ । आफ्ना सन्तान बिरामी भए पछि अरुकेही नसोची सहर कुद्न पथ्र्यो । अब जिल्लामै उपचार हुने भयो ।स्थानीय सुधीर कार्की पनि…

    Read More »
  • छैन व्यवस्थित वधशाला, अस्वस्थ कर मासु खान बाध्य उपभोक्ता, ब्यवसायीहरुलाई सबै कुरा हामी दिन सक्दैनौँ– मन्थली नगरपालिका


    रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा पशु वध गर्ने व्यवस्थित वधशाला नहुँदा उपभोक्ताहरू अस्वस्थ कर मासु उपभोग गर्न बाध्य छन् ।मन्थलीमा झन्डै २० वटाको हाराहारीमा मासु पसलहरू छन् । बिषेशगरी राँगा, सुगुंर, बङ्गुरहरूको वध गर्ने ठाउँ व्यवस्थित नहुँदा पसलहरूमा अस्वस्थ कर मासु बिक्री हुने गरेका छन् ।तामाकोसी नदी किनारमा पशु वध गर्ने गरिएको छ । त्यहाँ वध गर्दा मासुमा बालुवा टाँसिएर…

    Read More »
  • उद्योग तथा वाणिज्य कार्यालय र रामबाबु गिरी बिच के छ कनेक्सन ?


    रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास बनाएर बिक्री वितरण गर्दै आएको डिलक्स एग्रो फरेस्ट्री प्रालिले जुस बनाउँदा म्याद सकिएको रङ्ग प्रयोग गरेको पाइएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको नेतृत्वले अनुगमन गर्दा डिलक्स एग्रो फरेस्ट्रीमा म्याद सकिएको Idacol Vitimate synthetic color प्रयोग गर्ने गरेको पाइएको हो । अनुगमनका क्रममा म्याद सकिएको अखाद्य बस्तु भेटिएपछि अनुगमन टोलीले  डिलक्स एग्रो…

    Read More »
  • मन्थलीमा आयुर्वेदिक अस्पताल बन्ने


    रामेछाप ।जिल्लामा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्ने भएको छ । गत फागुन ३० को बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार रामेछापमा आयुर्वेदिक अस्पताल बन्ने भएको हो ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापबाट फिजियोथेरापी र अकुपञ्चर लगायतका सेवाहरू थप हुने समेत कार्यालयका वरिष्ठ कविराज निरीक्षक दीपक कुमार कार्कीले बताए । उनले भने – प्रदेश सरकारले अस्पतालका लागी दरबन्दी समेत स्वीकृत गरिसकेको…

    Read More »
  • मन्थलीका २ फार्मेसी निलम्बित, दर्ता नभएको औषधी फार्मेसीमा


    रामेछाप । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल हल निलम्बनमा परेका हुन् । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गरिएको लगायतका गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार गर्ने मन्थली बजारमा सञ्चालित दिपसन फार्मेसी र साकुरा मेडिकल हललाई निलम्बन गरिएको…

    Read More »
  • कहिले हुन्छ मन्थलीको फोहोर व्यवस्थापन ?


    रामेछाप । मन्थली नगरपालिकाले आउँदो ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउने गत २०८० पुष २६ गते बिहीबार नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताएका थिए । उनले २०८० पुष २५ गते बुधवारका दिन सम्पन्न १४ औँ नगर सभाले पारित गरेको निर्णयहरू सार्वजनिक गर्दा पत्रकार बोलाएर नै सानका साथ भनेका थिए, ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउँछौ ।नगरपालिकाको यो निर्णयलाई मन्थलीवासीले…

    Read More »
Back to top button