खेलकुद
फर्पुमा दोस्रो वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु
रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । फर्पुको खेल मैदानमा मङ्गलवारबाट सुरु भएको खेलको उद्घाटन गाउँपालिका प्रमुख काजी बहादुर खड्का (दिनेश) ले गरेका हुन् । आगामी दिनमा खेलकुद क्षेत्रको प्रोत्साहनका लागी क्रमिक रूपमा महत्वका साथ राखेर युवा पुस्ता तथा खेलाडीहरूका लागी विशेष कार्यक्रम बनाउने प्रतिबद्धता अध्यक्ष खड्काले गरे।वडाध्यक्षले…
Read More »युवा संघ द्धरा होलीमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता
रामेछाप । जिल्लाको मन्थलीमा होलीको विशेषको अवसरमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता गरिएको छ । युवा संघ नेपाल रामेछापले होली पर्वको अवसरमा आइतबार सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको हो । भैशेश्वर चोक नजिकैको रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्म सहभागीहरू दौडिए । प्रतियोगितामा महिला तर्फ दर्ता नं ७८ नम्बरका सहभागी सविना…
Read More »लिखु गाउँपालिकाको अध्यक्ष कप पुरुष तर्फ चम्पादेवी र महिला तर्फ आमचोक गाउँपालिकाको पोल्टामा
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा सम्पन्न पालिका स्तरिय अध्यक्ष कप २०८० भलिबल प्रतियोगिता पुरुष तर्फको चम्पादेवी गाउँपालिका ओखलढुंगा र महिला तर्फ उपाधि भोजपुरको आमचोक गाउँपालिकाको पोल्टामा परेको छ । त्यस्तै पुरुष तर्फ फाईनल खेलमा आयोजक लिखु गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका रामेछाप र चिशंखुगढी गाउँपालिका ओखलढुंगा क्रमशः दोस्रो, तेश्रोे र सान्त्वना भएको छन् । भने महिला तर्फ फाईनल खेलमा सोलुखुम्बुको माप्य…
Read More »अध्यक्ष कप : लिखु गाउँपालिका ए र चम्पादेवी गाउँपालिका फाइनलमा प्रबेश
ओखलढुंगा, चैत ३ । लिखु गाउँपालिकामा संचालन भएको अध्यक्ष कप २०८० पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हिजो सम्म भएको खेलमा पुरुष तर्फ आयोजक लिखु गाउँपालिका टिम ए र चम्पादेवी गाउँपालिका फाइनल प्रबेश गरेको छ । लिखु ए ले चिशंखुगढी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । चम्पादेवी गाउँपालिकाले पनि सेमिफाईनलमा लिखु तामाकोशी गाउँपालिका…
Read More »लिखु अध्यक्ष कप सुरु
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा “लिखु अध्यक्ष कप २०८०” सुरु भएको छ ।खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रमुख अतिथि पुर्व संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले उद्धघाटन गरेका हुन । खेलकुदले पालिका प्रदेश संघ तथा देशको इज्जत राख्ने हुदाँ यस अध्यक्ष कप आयोजाना गरेकोमा गाउँपालिकालाई धन्यवाद दिदै खेलाडीहरुलाई शुभकामना दिदै खेल जगतलाई…
Read More »खुल्ला पुरुष भलिबलको जीत आयोजककै पोल्टामा
रामेछाप । उमाकुण्ड गाउँपालिकाको लाछेवरमा भएको ‘खुल्ला पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल स्थित साबिकको वडा नं १ लाछेवरमा सम्पन्न खेलमा आयोजक छोरमा युवा क्लब लाछेवारले नै जीत आफ्नो पोल्टामा पारेको छ ।तस्तै रातो तारा युवा क्लब गुम्देल दोस्रो, सगरमाथा युवा क्लब सोलुखुम्बु (टाक्टोर) तेस्रो र युथ् रोशी बाम्ती सान्त्वना भएका हुन् ।…
Read More »वडाले खेलाडीलाई नगद सहित गर्यो सम्मान
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडाले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।शुक्रवार वडा कार्यालयमा वडाध्यक्ष सन्तोष तामाङले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गरे । गत पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा…
Read More »ओखलढुंगाकाे लिखु गाउँपालिकाले लिखु अध्यक्ष कप गर्दै
ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ फागुन ३० देखि चैत्र ३ गते सम्म अध्यक्ष कप संचालन हुन लागेको पालिकाले जनाएको छ । भलिबल खेल प्रतियोगिताको पुरस्कार…
Read More »दोस्रो मन्थली ‘नगर कप’ को उपाधि भटौलीको पोल्टामा
रामेछाप । दोस्रो मन्थली ‘नगर कप’को उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौलीले आफ्नो पोल्टामा पारेको छ । शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२-२५, २३-२५, १९-२५ को सोझो सेटमा हराउँदै भटौलीले नगरकपको उपाधि जितेको हो । भटौलीले प्रथम पुरस्कार नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हाँसिल गरेको मन्थली-१…
Read More »योग खेलकुद संघ रामेछापको अध्यक्षमा डा. भरत चयन
रामेछाप । नेपाल योग खेलकुद संघ जिल्ला कार्य समितिको अध्यक्षमा डा. भरतकुमार श्रेष्ठ चयन भएका छन् । सो कार्य समितिमा उपाध्यक्ष चन्द्रसिंह धामी, सीता श्रेष्ठ, सचिव केशव तिमल्सिना, सहसचिव पार्वती कडरिया, कोषाध्यक्ष शंकर थापा र सदस्यहरूमा जगन्नाथ दाहाल, अमृत थोकर, द्रोणप्रसाद घिमिरे, श्यामकुमार श्रेष्ठ, दीपककुमार कार्की, श्रीबहादुर माझी, भुमबहादुर बुढाथोकी, राम पाण्डे चयन भएका छन् । साथै भेलाले जगन्नाथ दाहाल…
Read More »