खेलकुद
१३ स्वर्ण सहित उमाकुण्ड अग्रस्थानमा
रामेछाप । जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सह आयोजक उमाकुण्ड गाउँपालिकाले १० स्वर्ण ल्याई अग्रस्थान ओगटेको छ ।रामेछाप नगरपालिका ९ स्वर्ण ल्याई दोस्रो स्थानमा छ । मन्थली नगरपालिका ८ स्वर्ण ल्याई तेस्रो, लिखु तामाकोशि गाउँपालिका ३ स्वर्ण ल्याई चौथो र गोकुलगंगा गाउँपालिका १ स्वर्ण ल्याई पाँचौँ स्थानमा छ ।बाँकी पालिकाले भने कुनै पनि स्वर्ण हात पार्न सकेका…
Read More »रामेछाप नगरपालिकाको विजयी सुरुवात
रामेछाप । आठ पालिका मध्य सात पालिकाले मात्रै स्काउट मार्च पासमा भाग लिएका थिए। मार्च पासको स्वर्ण पदक रामेछाप नगरपालिकाले जितेको छ भने रजत उमाकुण्डले पाएको छ। कस्य मन्थली नगरपालिकाले जितेको छ। यो सँगै ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रामेछाप नगरपालिकाले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ ।
Read More »११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा शुक्रवार देखि ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ। कार्यक्रम रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको सभापतित्वमा भएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टन्कलाल घिसिङ प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ बिशिस्ट अतिथिका रुपमा उपस्थित थिए । जिल्ला समन्वय प्रमुख चिना कार्की, नगरपालिका, गाउपालिकाका प्रमुख,…
Read More »खेलाडीको उपचार खर्च, गोकुलगंगाले गर्छ
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाले खेलाडीको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाले आउँदो शुक्रवार देखि सुरु हुन लागेको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थी घाइते भए उपचार गर्ने भएको हो ।तीन दिन सम्म संचालन हुने प्रतियोगिता अवधिमा आफ्नो पालिकाबाट भाग लिएका खेलाडीलाई कुनै चोट लागेमा वा अन्य कुनै उपचार गर्नु परेको अवस्थामा पालिकाले खेलाडीहरूको…
Read More »लिखु रनिङ शिल्डको उपाधि जनजीवनको कब्जामा
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजीवन माविले जितेको छ । स्वर्ण १३, रजत २ र कास्य २ मेडलका साथ जनजीवन माविले सो उपाधि आफ्नो कब्जामा पारेको हो ।स्वर्ण १०, रजत ५, कास्य ५ आफ्नो कब्जामा पारी यसम मावि दोस्रो भएको छ भने स्वर्ण ५, रजत २४, कास्य २ मेडल जितेर ग्रामोदय युगकवि सिद्धिचरण…
Read More »लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप । रामेछाप नगरपालिकामा बिहीबारदेखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले प्रतियोगिता सहभागिता जनाएको थियो । गौरीशङ्कर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गरेको छ । यो सँगै गौरीशंकरले लगातार ६ पटक रामेछाप नगर स्तरीय रनिङशिल्ड जितेको छ । प्रतियोगितामा…
Read More »रामेछाप नगर रनिङसिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु
रामेछाप । रामेछाप नगरपालिकाको छैटौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० बिहीबारदेखि सुरु भएको छ । रामेछाप बजारको टुँडिखेल मैदानमा प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएकोले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले खेलकुद विकासको गतिसँगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने भएकोले यसको सुधारका लागि नीतिगत…
Read More »लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड सुरु
ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रवार बाट सुरु भएको छ । लिखु गाउँपालिका वडा न. ६ गाम्नान्टारको खेल मैदानमा रनिङशिल्ड सुरु भएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना सुरु भएको प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।खेल र खेलाडी भनेको राष्ट्रको हुन्छ, कुनै दलको हुँदैन ।…
Read More »मन्थली नगर राष्ट्रपति रनिङ शिल्डमा लगातार मन्थली माविको वर्चस्व
रामेछाप । मन्थलीमा सम्पन्न छैटौँ मन्थली नगर राष्ट्रपति रनिङ शिल्ड लगातार तेस्रो पटक मन्थली माविले जितेको छ । २२ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मन्थली माविले जितेको हो । प्रतियोगितामा भलिबल, कबर्दि, तेक्वान्दो, उसु, र एथलेटिक्स लगायतका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ भने कर्कला देवी इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गरेको छ…
Read More »उमाकुण्ड राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीलाई
रामेछाप । उमाकुण्ड गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी मा. वि. प्रीतिले जितेको छ । गत आइतबार बाट सुरु भएको प्रतियोगितामा श्री चण्डेश्वरी मा. वि. प्रीतिले ५ स्वर्ण, ६ रजत, ६ कास्य पदक जितेर प्रथम भएको छ । श्री कैलेश्वर मा.वि. गुप्तेश्वरले ५ स्वर्ण, ५ रजत, ६ कास्य ल्याई द्वितीय र श्री सिद्धेश्वर मा. वि. बाम्तीले ५ स्वर्ण, ५…
Read More »