गन्तब्य
अझै बेपत्ता छन् काले र झ्याउँकिरी
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परेर काले पहरी र झ्याउँकिरी पहरी अझै बेपत्ता छन् । पहिरो गएको यत्तिका दिन सम्म आफ्ना परिवारका सदस्यको सास र लासको कुनै टुङ्गो नहुँदा पिँडामा छन् पहरीका पवार । भए सम्म सास, नभए लास मात्रै भए पनि भेटिन सक्छ की भन्ने आसै आसमा छन् काले पहरी र…
Read More »शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले बताएको छ । जिल्लाको सुनापती गाउँपालिका-४ खानिखोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको छ । उक्त खोला दोरम्बा शैलुङ गाउँपालिका…
Read More »रातारात पालिका स्तरिय विपद् व्यवस्थापन बैठक
रामेछाप । शनिवार राती गएको पहिरोका कारणले बस्ती नै सखाप भए पछि दोरम्बा शैलुङ गाउँपालिकाले राती नै विपद् व्यवस्थापन समितिको बैठक राखेको छ । दिनभर उद्धारमा खटिएका पालिकाका जनप्रतिनिधिहरू साँझ परे पछि बैठकमा जुटेका थिए ।पहिरोबाट विस्थापित वडा नं. ३ लेखर्कको ५९ घरधुरी संख्याको २६५ जना, डाँडा गोठ टोलको ३ घरधुरीको १६ जना, वडा नं. २ सिस्नेरी डाँडा टोलको १०…
Read More »बेलुका सुतेको घर, बिहान चिहानमा परिणत
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहरी वस्तीका लागि भदौ ८ गतेको रात अनिष्ट बनेर आयो । सदाझै बेलुका खाना खाएर सकुसल सुतेका आधा दर्जन मानिसहरु फेरि कहिल्यै नबिउँझने गरी निधाएको निधाएकै भए । बेलुका सकुसल रहेको वस्ती बिहान चिहानमा परिणत भयो । वस्तीमाथिबाट काल बनेर आएको पहिरोसँगै बग्यो लेखर्क टोलका ४ घर । बेलुकासम्म सुन्दर वस्तीको रुपमा…
Read More »दोरम्बा पहिरोको घटना स्थलमै पुगेर कान्छारामले गरे सहयोग
रामेछाप । जिल्लाको दाेरम्बा शैलुङ ३ लेखर्कमा गएको राती आएको पहिरो पीडित भेट्न नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) स्थलगत अनुगमनमा पुगेका हुन् । राज्यमन्त्री तामाङले व्यक्तिगत रकम बाट ज्यान गुमाउनेका परिवारहरूलाई प्रतिव्यक्ति १० हजारका दरले १० जनालाई राहत रकम उपलब्ध गराएका हुन । तामाङले गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।…
Read More »पहिरोले दोरम्बा शैलुङको ४ घर र पक्की पुल बगायो : १ को मृत्यू , १० सम्पर्क विहीन
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ४ घर र पक्की पुल बगाएको छ । गए राति ११ : ४५ बजे माथिबाट खसेको पहिलोमा परी १० जना सम्पर्क विहीन भएका छन् । स्थानीय तुल प्रसाद कँडेलका अनुसार, प्रहरी सहितको उद्धार टोलीले दुई जनाको उद्धार गरेको छ भने, ८ जना सम्पर्क…
Read More »रामेछापका घिमिरे र ढुङ्गाना सहित ७ जना राष्ट्रपतिद्वारा सम्मानित
काठमाडौँ । संस्कृतका विशिष्ट विद्वान्हरुलाई सम्मान गरिएको छ । राष्ट्रपति भवनमा वद्वत्सपर्यासमारोह कार्यक्रममा शुक्रवार जयतु संस्कृतम् संस्थाका सभापति डा.बद्री पोखरेलको सभाध्यक्षतामा महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुखातिथ्य सम्मान कार्यक्रम भएको थियो ।रामेछाप जिल्लाका जन्म भएका नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव प्राध्यापक नीलमणि ढुङ्गाना (संस्कृत नेपाली व्युत्पत्तिकोशका सर्जक) र पौरस्त्य दर्शनका धुरन्धर विद्वान् प्रा.डा.दीर्घराज घिमिरे लाई झन्याय–वेदान्तकेशरीञको उपाधिले सम्मान गरिएको थियो ।झनीलकण्ठञसंस्कृत…
Read More »दोलखाको पहिरो प्रभावित क्षेत्रको राजमार्ग तत्काल सञ्चालन गर्न मन्त्री काफ्लेको निर्देशन
दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अवरुद्ध सडकखण्डको पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री काफ्ले, सडक डिभिजन कार्यालयका प्रमुख र कर्मचारीको टोलीसहित पहिरोस्थल कालिञ्चोक– ४ को झमार्सी गुमु खोला पुगेर पहिरो क्षेत्रसहित अवरुद्ध सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री काफ्लेले तत्काल यात्रुलाई सहज बनाउन निर्देशन दिए।साउन १२ गते आएको पहिरोको कारण अवरुद्ध…
Read More »संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली प्रथम
रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन २०७९÷८० को नतिजा अनुसार मन्थली नगरपालिका ७४.५० अङ्क सहित प्रथम भएको हो ।जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा मन्थली नगरपालिका प्रथम भएको हो ।मन्त्रालयको गुणस्तर…
Read More »त्रिवि टपर बने रामेछापका विनय
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गरेका छन् । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गरेका हुन् । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो ।यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा…
Read More »