समाचार

  • रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको खुल्यो पहिचान, उत्तरगयामा भेटियो खुट्टा


    रसुवा । मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।बेपत्ता भएका तीन जना प्रहरी हुन्।उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन,…

    Read More »
  • रसुवामा आएको बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार


    काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु…

    Read More »
  • करदाता सेवा कार्यालय रामेछापमा धर्ना , २२ दिन देखि सुनचाँदी व्यावसायिक आन्दोलनमा


    रामेछाप । नेपाल सुनचादी कला ब्यबसायी संघ जिल्ला शाखा रामेछाप २२ दिन देखि आन्दोलनरत छ । संघले आन्दोलनको २२ औं दिन आज सोमबार धर्ना कार्यक्रम गरेको छ । करदाता सेवा कार्यालय मन्थलिमा धर्ना कार्यक्रम गरेको थियो । संघका कार्यवाहाक अध्यक्ष तुल बहादुर विश्वकर्माको नेतृत्वमा करदाता सेवा कार्यालय प्रमुख कृष्ण आचार्यलाई जानकारी गराई कार्यालयको मुल गेटमा धर्ना बसेका थिए । घर्नाका…

    Read More »
  • शैक्षिक उत्कृष्टताको उज्यालो केन्द्र मन्थली मावि


    रामेछाप । जिल्लाको सदरमुकाममा अवस्थित एउटा यस्तो विद्यालय, जसले कुनै नाम चलेको निजी लगानी पाएको छैन । तर पनि यो विद्यालयले देखाएको प्रतिबद्धता, शैक्षिक दृष्टिकोण र समाजप्रतिको उत्तरदायित्वले यसलाई आज ‘दियोको प्रतिमूर्ति’का रूपमा चिनाउन थालिएको छ।कुरा हो मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयको, जसले विगत दुई दशकभन्दा लामो समयदेखि कक्षा ११–१२ को सफल सञ्चालन गर्दै आएको छ। रामेछाप जिल्लामै…

    Read More »
  • सिन्धुलीको महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमुना घोषित


    सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ मा अवस्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई सिन्धुली जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषित गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीको पहलमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard – MSS) मूल्यांकनमा जिल्लाभरका स्वास्थ्य संस्थामध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ९० अंक प्राप्त गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेलले जानकारी दिए। उनका अनुसार मूल्यांकनमा…

    Read More »
  • रामेछाप नगरपालिकाले ७८ वर्षमाथिका जेष्ठ नागरिकलाई गर्‍यो सम्मान


    रामेछाप । रामेछाप नगरपालिकाले “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रम अन्तर्गत ७८ वर्षमाथिका बुबाआमाहरूलाई सम्मान गरेको छ। नगरपालिकाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई हर्लिक्स, छाता र टर्च लाइट वितरण गरिएको हो।सम्मान कार्यक्रम रामेछाप नगरपालिकाका नगरप्रमुख आदरणीय लवश्री न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, प्रवक्ता समीर कार्की, स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्की, रोजगार…

    Read More »
  • बीपी राजमार्गमा एक महिना राति यातायात चलाउन रोक


    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो ।कार्यालयले शुक्रबार सूचना जारी गरी मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण…

    Read More »
  • नेता तथा समाजसेवी भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण


    रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष समारोहका बीच चौलागाईले कक्षा ईसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ट्याकसुट प्रदान गरेका हुन्। उनले मन्थली नगरपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययन गर्ने…

    Read More »
  • स्वरोजगारतर्फको यात्रामा महिला समूहको सामूहिक पाइला


    रामेछाप । ‘पहिले हामीलाई बाहिरको सहयोग कुर्नु पथ्र्यो, अब भने हामी आफैँ समस्याको समाधान खोज्छौं,’ मन्थली नगरपालिका–८ चिसापानीकी रुद्रमाया सारुमगर भन्छिन् । उनीजस्तै यहाँका सयौँ महिलाहरू आजकल बाख्रा र भैँसी पालन, टनेलमा गोलभेँडा खेती जस्ता पेसामा लागेका छन्। उनीहरू अब निर्भर होइनन्, आत्मनिर्भर छन्।चिसापानी र पुरानागाउँका महिलाहरूले स्वावलम्बी महिला समूहमार्फत आफ्नो यात्रा सुरु गरेका हुन् । दुई वडामा हाल ९…

    Read More »
  • आयुर्वेद सेवा मन्थली अस्पतालको पुरानो भवनबाट विस्तारको तयारी


    रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले भौतिक पूर्वाधार अभावकै बीच सेवा विस्तारको पहल थालेको हो।बिहीबार मन्थलीमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले अस्पतालको पुरानो भवनबाटा असार २५ गतेदेखि सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी…

    Read More »
Back to top button