फर्पुमा दोस्रो वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु
खेलकुद
रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । फर्पुको खेल मैदानमा मङ्गलवारबाट सुरु भएको खेलको उद्घाटन गाउँपालिका प्रमुख काजी बहादुर खड्का (दिनेश) ले गरेका हुन् । आगामी दिनमा खेलकुद क्षेत्रको प्रोत्साहनका लागी क्रमिक रूपमा महत्वका साथ राखेर युवा पुस्ता तथा खेलाडीहरूका लागी विशेष कार्यक्रम बनाउने प्रतिबद्धता अध्यक्ष खड्काले गरे।वडाध्यक्षले…
Read More »काकाकुल ठुली मदौमा खानेपानीको उद्घाटन ,२ सय १७ घर लाभान्वित
गन्तब्य
रामेछाप। रामेछाप जिल्ला मन्थली नगरपालिका ३ ठुली मदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन संविधान सभाका सदस्य तथा बागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले गरे ।बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले १० बजे उद्घाटन गर्ने भनेर पत्राचार गरिएको भए पनि अन्तिममा मुख्य मन्त्री अस्वस्थ भएर सुनकोसी गाउँपालिका बाटै उपचारका लागि काठमाडौँ फर्किएको सूचना आएपछि उक्त योजनाको…
Read More »रामेछाप अस्पतालमै बालबालिकाको उपचार
गन्तब्य
रामेछाप । रामेछाप अस्पतालले बाल बालिकाको उपचार सुरु गरेसँगै आफ्नो बालबालिकाको उपचारका लागी सहरका अस्पतालमा जान पर्ने बाध्यता हटेको रामेछाप नगरपालिका वडा नं. ८ की सरस्वती भुजेलले बताइन् । उनले भनिन् – बालबच्चा बिरामी हुँदा आमालाई ठुलो पीडा हुन्छ । आफ्ना सन्तान बिरामी भए पछि अरुकेही नसोची सहर कुद्न पथ्र्यो । अब जिल्लामै उपचार हुने भयो ।स्थानीय सुधीर कार्की पनि…
Read More »पाखा पखेरामा ड्रागन फुडको खेती
कृषि
रामेछाप । काठमाडौँमा नर्सरी फार्ममा काम गरिरहेका रामबहादुर साहीले दाङमा लोकेन्द्र विष्ट मगरले ड्रागन फुडको खेती गरेको थाहा पाए । दाङ र रामेछापको हावापानी उस्तै उस्तै हो भन्ने बारे बुझे उनले । सिउँडी जस्तै जस्तै जातको ड्रागन फुड हुने भएकोले रामेछापमा पनि ड्रागन फुड खेती हुन्छ भने सोचे साहीले ।गाउँमा आफ्नो बारी बाँझो भएको सम्झिए उनले । काठमाडौँमा बिरुवासँग खेलिरहेका…
Read More »रामेछापको १५२ ठाउँमा आगलागी: ४ हजार ५ सय हेक्टर बढी वन सखाप
गन्तब्य
रामेछाप । जिल्लाका आठ ओटै स्थानीय तहका १५२ स्थानमा भएको आगलागीबाट ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ। सबै भन्दा बढी आगलागी दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५२ ओटा सामुदायिक र कबुलियत वनमा डढेलोले क्षति गरेको छ।गत चैत…
Read More »भविष्य सोचेर चिन्तित छन् माझी समुदाय
गन्तब्य
रामेछाप । सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाको सुरुङ वैशाख २६ गते छिचोलिँदै छ । वैशाख २६ मा सुरुङ छिचोलेर सुरुङ ‘ब्रेक थ्रू’का लागि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूलाई आयोजना स्थलमा उतार्ने अभियानको चाँजोपाँजो मिलाउने दौडधुपमा छन् आयोजना प्रमुख मित्र बराल। आयोजना प्रमुख बराललाई सुरुङ ‘ब्रेक थ्रू’ गर्ने भन्दा अरू कुनै कुरामा वास्ता छैन ।मन्थली नगरपालिका वडा नम्बर ६ (भलुवाजोर) सेलेघाट, हात्तीटार, नबुघाट,…
Read More »आगो लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्नु – प्रजिअ निरौला
गन्तब्य
रामेछाप । जिल्लाको वनहरू आगलागीको प्रकोप बढेर वन सँगै बस्ती समेत सखाप पार्न थाले पछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आगो लगाउनेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताएकी छिन् । वन उपभोक्ता समितिले पनि आगो लगाउनेलाई समात्न निगरानी समूह बनाएर खटाउन र शङ्कास्पद व्यक्तिलाई प्रहरीको जिम्मा लगाउन प्रजिअ निरौलाले आग्रह गरिन् ।जिल्लाका जङ्गलहरूमा आगलागी विकराल रूपमा फैलिएको छ । पछिल्लो समय…
Read More »गोलन्जोरमा अस्पताल भवन बन्दै
गन्तब्य
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकामा ५ शैयाको अस्पताल भवन बन्ने भएको छ । नयाँ बन्ने सुविधा सम्पन्न भवनको शुक्रवार गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले शिलान्यास गरे ।पालिकामै सुविधा सम्पन्न अस्पताल बन्नु खुसीको कुरा भएको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बरालले बताए । अस्पताल बनेपछि अरू जिल्लाका पनि धेरै बिरामीले फाइदा लिने उनले बताए।अस्पताल भवन सम्पन्न भएपश्चात् स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि…
Read More »डढेलोले जङ्गल सखाप, कहाँबाट ल्याउँछिन् ज्ञानुकाले पात ?
गन्तब्य
रामेछाप । बोगती र टपरी बनाउने सानो उद्योग खोलेकी ज्ञानुका कार्की यति बेला डढेलोको कारणले चिन्तित छिन् । रामेछाप नगरपालिका वडा नं. ७ मा व्यावसायिक बोगती र टपरी बनाउन सुरु गरेकी ज्ञानुकालाई सालको पात पाउनै मुस्किल छ ।रामेछाप नगरपालिकाले सालको पातको बोगती र टपरी बनाउने तालिम दिए पछि त्यसैलाई व्यवसाय बनाउने सोचका साथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने…
Read More »घर जल्दा एक महिलाको मृत्यु
गन्तब्य
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा एक महिलाको मृत्यू भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले बताए । उनको अनुसार आगलागीले मानविय तथा पशु चौपायामा ठुलो क्षती…
Read More »