गन्तब्य
निर्वाचनको तातो रापमा शीतल अंकमाल
रामेछाप । देश चुनावी रन्कोले रापिलो भइरहेको छ। गाउँ–गाउँ, टोल–टोल र चौतारी–चौतारीमा एउटै बहस–“को जित्छ?” सामाजिक सञ्जालमा उग्र टिप्पणी, घरदैलोमा आरोप–प्रत्यारोप, चियापसलमा कटु बहस। यस्तो लाग्छ, मानौं निर्वाचन कुनै लोकतान्त्रिक अभ्यास नभएर अन्तिम ‘धर्मयुद्ध’ हो, जहाँ विपक्षीलाई परास्त मात्र होइन, समाप्त नै गर्नुपर्छ।तर, यही रन्कोबीच रामेछापको मन्थली बजारको मुटु मानिने देवकोटा चोकमा शुक्रवार देखिएको एउटा दृश्यले यो कठोर भाष्यलाई चकनाचुर…
Read More »कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ : सभापति थापा
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’ सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने…
Read More »तामाकोशीको तीरमा उद्यमशीलताको सुगन्ध
मन्थलीको रापिलो घाम जब दिउँसो तिर धुलाम्मे सडकमा टाँसिन्छ, त्यतिबेला सहरको भीडभाडबाट केही पर सोतीतिर झरेपछि तामाकोशीको किनारमा पुग्दा वातावरण नै फेरिन्छ। नदीको सुसेली, बगरको शान्ति र पुरानो ‘एक्ले बरको बोट’को छहारीले थकित यात्रुलाई रोक्न बाध्य बनाउँछ। त्यही छहारीको छेउमा उभिएको छ–‘होटल ब्लु स्काई’। नाममा जस्तै खुला आकाशको अनुभूति दिने यो होटल केवल व्यवसाय होइन, एक जना युवाको आत्मनिर्णय र…
Read More »बदर मत न्यूनीकरण गर्न वडा–वडामै सहजकर्ता
रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रामेछाप जिल्लामा मतदाता शिक्षा अभियानलाई तीव्रता दिइएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयले मतदाताहरूलाई मतदान प्रक्रियाका बारेमा सचेत गराउन र हुनसक्ने गल्तीहरूलाई कम गर्न फागुन ३ गतेदेखि नै विशेष अभियानको थालनी गरेको हो। विगतका निर्वाचनहरूमा देखिएको बदर मतको समस्यालाई यसपटक निकै कम गर्ने मुख्य उद्देश्यका…
Read More »‘कागजमा योजना सकियो, अब मैदानमा प्रहरी’- प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी
नेपालको राजधानी काठमाडौँलाई घेरेको र भौगोलिक रूपमा अत्यन्तै विविधतायुक्त बागमती प्रदेश निर्वाचनको समयमा सधैँ चर्चाको केन्द्रमा रहन्छ। एकातिर सुगम सहरी क्षेत्र र अर्कोतिर विकट पहाडी तथा हिमाली जिल्लाहरू—यस्तो भूगोलमा शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीका लागि चुनौतीपूर्ण कार्य हो। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा निकायहरू कसरी परिचालित भइरहेका छन्? मतपेटिकाको सुरक्षादेखि मतदाताको आत्मबल बढाउनेसम्मका योजना के छन्? निर्वाचनको महाकुम्भ सुरु हुँदै…
Read More »मतदान अधिकृत र सहायक अधिकृतहरूका लागि तालिम
रामेछाप । प्रतिनिधि सभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउने अभियान अन्तर्गत जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई तीव्र पारेको छ। यसै क्रममा जिल्लाका विभिन्न दुर्गम तथा सुगम क्षेत्रका मतदान केन्द्रहरूमा खटिने जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले आयोजित एक दिने अभिमुखीकरण कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ। विशेष गरी जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिकामा…
Read More »सरकारको विभेदकारी आँखाः धादिङको दुर्घटनामा शोक, रामेछापको लासमाथि ‘मौन’!
रामेछाप । राज्यका लागि नागरिकको रगतको रङ भूगोल र पहुँचका आधारमा फरक हुन्छ भन्ने एउटा बीभत्स नमूना हालैको सरकारी व्यवहारले पुष्टि गरेको छ। धादिङको बेनीघाटमा बस दुर्घटना हुँदा सिंहदरबार हल्लिने, मन्त्रीहरू घटनास्थल दौडिने र छानबिन समिति गठन हुने तर रामेछापको त्रिवेण्ी नजिकै १५ जनाको ज्यान जाँदा सरकारले पत्तो नपाएझैँ गर्नुले गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ। यही विभेदकारी चरित्र र…
Read More »बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे रास्वपा गरे कांग्रेस प्रवेश
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका छन् । उनले केही दिनअघि रास्वपा छाडेका थिए । हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका थिए । उनले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई…
Read More »खुर्कोटमा लाइसेन्सको ट्रायल परीक्षा स्थगित
सिन्धुली । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, खुर्कोटले नियमित रूपमा सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी निर्वाचनको तयारीका लागि कार्यालयका कर्मचारीहरू खटिनुपर्ने भएपछि अर्को सूचना नभएसम्मका लागि परीक्षाहरू रोकिएका हुन् ।कार्यालयद्वारा जारी सूचनाअनुसार कर्मचारीहरू निर्वाचनसम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक कार्यमा व्यस्त हुनुपर्ने भएकाले नियमित परीक्षा सञ्चालन…
Read More »‘अबको विकल्प कांग्रेस मात्रै हो’ : प्रवक्ता रुवाली
रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त गराउने महासंग्रामको संज्ञा दिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा रामेछापको सदरमुकाम मन्थलीमा प्रवक्ता रुवालीले अबको निर्वाचनमा नेपाली कांग्रेसले देशभर र विशेषगरी रामेछापमा ऐतिहासिक विजय हासिल गर्ने दाबी गरे । उनले कम्युनिष्ट…
Read More »