समाचार

  • शैलुङको काखमा ब्युँझिदै सत्ययुगको विरासत


    रामेछाप । हिमालको चिसो हावा, लालीगुराँसको सुगन्ध र गाढा कुहिरोको घुम्टोभित्र लुकेको एउटा रहस्यमयी गुँरासे डाँडो। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ स्थित यो पावन भूमिमा पाइला टेक्नेबित्तिकै जोकोहीलाई पनि एउटा बेग्लै आध्यात्मिक ऊर्जाले स्पर्श गर्छ। यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन, यो त पुस्तौँदेखि चल्दै आएको अटुट विश्वास, प्रकृति र मानवबीचको गहिरो सम्बन्ध अनि सत्ययुगदेखिको पौराणिक…

    Read More »
  • इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु


    वाशिङ्गटन, ३० फागुन (रासस/एपी): इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ । अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको थियो र अर्को विमान सुरक्षित अवतरणमा सफल भएको छ…

    Read More »
  • रामेछापमा घर फोडेर चोरीगर्ने एकै दिन दुई स्थानबाट तिन जना चोर पक्राउ


    रामेछाप — घर फोडेर नगद, सुन र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं ४ बस्ने बुद्ध तामाङको छोरा बर्ष २९ को आटी तामाङ सोहि स्थानका बस्ने अंदाजि बर्ष ३७ को फेमस तामाङ रहेका छन्।प्रहरीका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित डिल कुमारी तथा बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका…

    Read More »
  • राजिनामा होइन, साहसिक सुधार र वृहत् एकताको नेतृत्व गरौं


    आदरणीय गगन कुमार थापाज्यू सभापति, नेपाली कांग्रेस जय नेपाल, म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रामेछापको उपसभापतिको हैसियतले यस खुल्ला पत्रमार्फत केही स्पष्ट विचार, सुझाव र अपेक्षाहरू राख्न चाहन्छु। नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलन, बलिदान, त्याग र जनविश्वासको गौरवपूर्ण इतिहास बोकेको संस्था हो। यही गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै भविष्यतर्फ लैजानुपर्ने जिम्मेवारी आज हामी सबै कांग्रेसजनको…

    Read More »
  • चुनावी शिक्षामा गरेको लगानी, बालुवामा पानी


    रामेछाप । लोकतन्त्रको सबैभन्दा सुन्दर र शक्तिशाली पक्ष भनेको निर्वाचन हो, जहाँ एउटा नागरिकले आफ्नो भविष्य कोर्ने प्रतिनिधि छान्ने अधिकार पाउँछ। तर, जब त्यो अधिकार प्रयोग गर्ने क्रममा लगाइएको छाप बदर हुन्छ, तब त्यो नागरिकको आवाज मात्र हराउँदैन, बरु राज्यको ठुलो लगानी र भरोसा समेत रद्दीको टोकरीमा पुग्छ। रामेछाप जिल्लाको पछिल्लो निर्वाचनको तथ्याङ्कले यही तितो यथार्थलाई उजागर गरेको छ। यहाँका…

    Read More »
  • रामेछापका १३ जना उम्मेदवारको जमानत जफत


    रामेछाप । लोकतान्त्रिक अभ्यासमा निर्वाचन एउटा यस्तो परीक्षा हो, जहाँ जनताले कसैलाई सत्ताको शिखरमा पु¥याउँछन् त कसैलाई सामान्य जमानतसमेत जोगाउन नसक्ने गरी किनारा लगाइदिन्छन्। रामेछाप जिल्ला प्रतिनिधि सभा सदस्यको हालै सार्वजनिक अन्तिम मतपरिणामले ठ्याक्कै यही चित्र देखाएको छ। १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको यस क्षेत्रमा १३ जनाको जमानत जफत भएको छ भने नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले सानदार…

    Read More »
  • रास्वपाको बदर मतलाई कर्मचारीले ‘सदर’ मान्दा रोकिएको गणना पुनः सुरु


    रामेछाप । रामेछापमा जारी मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बदर भएको मतलाई गणनामा खटिएका कर्मचारीले सदर गरेको भन्दै विवाद उत्पन्न भएको थियो। विवादका कारण केही समय रोकिएको मतगणना मुख्य निर्वाचन अधिकृतको जाँचबुझपछि पुनः सुचारु भएको छ। मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा परेको स्पष्ट बदर मतलाई गणना टोलीका कर्मचारीले सदरको सूचीमा राखेपछि अन्य राजनीतिक दलका प्रतिनिधिहरूले तत्कालै…

    Read More »
  • कमल थापाले स्वीकारे हार


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडाैं ५ बाट आफ्नो पराजय स्वीकार गरेका छन्। मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गरेको उनको भनाइ छ। विजयोन्मुख रास्वपाकाे समित पोखरेललाई बधाई दिँदै देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘निर्वाचनमा राप्रपाका तर्फबाट…

    Read More »
  • कांग्रेसको अर्को जित, मनाङमा गुरुङ विजयी


    काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको…

    Read More »
  • म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता


    काठमाडौँ। म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् ।एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले ल्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र काँग्रेसका कर्णबहादुर…

    Read More »
Back to top button