गन्तब्य
त्रिपालमा बस्दै भूकम्पपीडित, बढ्यो ज्वरोको प्रकोप
सल्यान । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका–२, लिरापाजाका ३५ वर्षीया लीला खत्री पाँच जनाको परिवारसहित २५ दिनदेखि भत्किएको घर नजिकै त्रिपाल मुनि बस्दै आएकी छिन् । सुरुसुरुमा उनलाई रुघाखोकीको समस्या देखिएको थियो । औषधि खाएपछि बिसेक भयो । तर केही दिन यता बढेको चिसोले उनलाई पुनः ज्वरोले सताएको छ ।…
Read More »गुम्देलको सुन्दरता पर्यटकलाई देखाउन जरुरी छ – कान्छाराम
रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवम् संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाम्तिभण्डार सम्मको सडक कालो पत्रे गर्न पहल गर्ने बताएका छन् । सांसद कान्छारामले शिवालय–चुचुरे–देउराली–बाम्तीभण्डार जोड्ने मुख्य सडक कालो पत्रे गर्न पहल गर्ने बताएका हुन् ।सोमबार बुद्धको मूर्ति अभिषेक तथा नवनिर्मित बौद्ध गुम्बा उद्घाटन गर्न उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा पुगेका सांसद कान्छारामले गुम्देल प्राकृतिक रूपमा सुन्दर,…
Read More »देउसी भैलो खेल्ने समय तोकेर सुरक्षाको दायित्वबाट पन्छियो प्रशासन
रामेछाप । लक्ष्मीपूजाको दिन देखि पहिले पहिले रात भर दिन भर भैलो खेल्ने गरिन्थ्यो । गोबर्द्धनपूजाको दिन देखि एकादशी सम्म देउसी खेलिन्थ्यो । तर अचेल तिहार लागेसँगै जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर देउसी भैलोको लागि समय तोक्ने काम गरिरहेका छन् । सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने नियम लगाएका छन् ।…
Read More »उपाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत
कपिलवस्तु । बिहीबार कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले कुटेका छन् । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । गाउँपालिकाका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमै गएर मुक्का प्रहार गर्दा अधिकृत ज्ञवाली घाइते भएका हुन् । अधिकृतको कार्यकक्षमै पुगेर उपाध्यक्ष चौधरीले कार्यकक्षको सिसिटिभी समेत बन्द गरेर हातपात गरेका थिए । उपाध्यक्षको कुटपिटबाट…
Read More »लिखु जलविद्युत आयोजनाका कामदारको शव चार दिन देखि अलपत्र
रामेछाप । लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधवार एक जनाको मृत्यु भयो । कामदार कैलाश कार्कीको मृत्यु भएको आज चार दिन भई सक्यो । तर आज सम्म पनि कार्कीको शव आफन्तले बुझेका छैनन् ।कामको सिलसिलामा मृत्यु भएका कारण मृतक कार्कीका आफन्तले आयोजना सँग क्षतिपूर्तिको माग गरेका थिए । आफन्तले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको किन्जामा धर्ना दिइरहेका छन्…
Read More »जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो
रामेछाप । नदि किनारमा जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो । हामीले त पानीले नबगाउने गरी चिता बनाएका थियौँ । जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगायो । एक्कासि नदीमा ठुलो भेल आयपछि मलामीहरूले भागेर ज्यान जोगाए । नभागेको भए त मलामी गएकाहरूलाई पनि लास सँगै बनाउने रहेछ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईले दुखित हुँदै…
Read More »ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै ठिंन्केपुका बालबालिका
रामेछाप । ठुलो पहिरोको माथि माथि हेर्दै हेर्दै डराई डराई पहिरो पार गर्छिन् रिया सुनुवार । विद्यालयमा पढ्न आउँदा र फर्किदा पहिरोबाट ढुङ्गा खस्छकी भन्ने डर छ रियालाई । ज्यान जोखिममा पारेर भएपनि शिक्षा लिन विद्यालय पुग्छिन् रिया । रिया ठिंन्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयमा पढ्न आउने बालबालिकालाई ठुलो असर परेको छ…
Read More »मौरीले फस्टाएको श्रीकृष्णको जीवन
रामेछाप । घर वरिपरि फलफूलका बगैँचा, फूलबारी । फूलबारीमा मौरी भुनभुनाई रहन्छ । माहुरीको भुनभुनको आवाज सँगै बगैँचाको सौन्दर्यताले मनै लोभ्याउँछ । त्यहाँ पुग्दा आफू कुनै छुट्टै सौन्दर्य टापुमा पुगेको भान हुन्छ ।यो ठाउँको रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ आहाल डाँडा । आहाल डाँडामा श्रीकृष्ण श्रेष्ठले मौरी पालन व्यवसाय सञ्चालन गरेका छन् । मौरीपालनबाट कृषक श्रेष्ठले राम्रो आम्दानी गर्दै…
Read More »दसैँ आयो, खर्च छैन, बचत गरेको पैसा स्वावलम्बनले फिर्ता दिँदैन
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ की सुनिता तामाङले आजभन्दा १२÷१३ वर्ष अघि स्वावलम्बन लघुवित्तमा बचत गर्न सुरु गरिन् । गाउँमै बैँक आयो भन्दै त्यसबेला उक्त लघुवित्तका केही कर्मचारी समूह बनाउन गाउँ पसे । गाउँमै आएको स्वावलम्बन बैँक भन्दै लघुवित्तका कर्मचारीले धेरैलाई सदस्य बनाए । समुहपनि गठन गरे । त्यो समयदेखि हरेक महिना ३ सयदेखि एक हजारसम्म बचत…
Read More »सडक स्तरोन्नति र कालोपत्रे गर्न माग
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा समक्ष लिखु तामाकोशी गाउँपालिकाका स्थानीयले माग गरेका छन् । लिखु तामाकोशी गाउँ पालिका वडा नम्बर ७ मा अर्थमन्त्रीसँगको एक भेटकार्यक्रममा पालिका अध्यक्ष केशव महत र उपाध्यक्ष दिपा पाख्रिन सहित उपस्थित स्थानीय नेता तथा कार्यकर्ता र स्थानीयवासीले पालिका भित्र मेरुदण्ड सडकको रूपमा रहेको हलेदे–नागदह–धोबी सिरिशे सडक कालो पत्रे सहित…
Read More »