समाचार

  • रामेछापबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकगायक प्रकाश कटुवालको उम्मेदवारी


    मन्थली । ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’ र ‘चोर बिरालो पल्क्यो’ जस्ता चर्चित लोक तथा दोहोरी गीतका गायक प्रकाश कटुवाल साङ्गीतिक मञ्चसँगै सक्रिय राजनीतिमा होसिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कटुवालले रामेछापबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारी गरेका हुन्। रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका भोलि १३ गते हुने जिल्ला अधिवेशनमा खुलातर्फबाट महाधिवेशन प्रतिनिधि पदमा…

    Read More »
  • पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास राख्ने नेता- महेश कार्की


    मन्थली । रामेछापको मन्थली नगरपालिका–५ (तत्कालीन सुनारपानी गाविस) मा जन्मिएका महेश कार्की पछिल्लो समय नेपाली कांग्रेसको स्थानीय राजनीतिमा प्रभावशाली र परिचित नामका रूपमा उदीयमान बनेका छन्। पेशाले शैक्षिक परामर्शदाता रहेका कार्की लामो समयदेखि सामाजिक सेवा र राजनीतिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका हुन्। शालीन स्वभाव, परिपक्व व्यवहार र सबैसँग सहज घुलमिल हुन सक्ने शैली कार्कीको मुख्य राजनीतिक पहिचान बनेको छ।…

    Read More »
  • चोरीको सुन खरिद गर्ने मन्थलीका दुई सुनचाँदी व्यवसायी पक्राउ


    रामेछाप— चोरीको सुनका गहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले मन्थलीबाट थप दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मन्थली नगरपालिका–१ स्थित दीप लक्ष्मी सुन चाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाईली र सोही वडास्थित सुविना सुन चाँदी पसलका सञ्चालक २८ वर्षीया कनिषा विश्वकर्मा रहेका छन्। उनीहरूलाई मन्थली न.पा. वडा नं. १ कटहरबोटबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अस्मिता श्रेष्ठ…

    Read More »
  • रामेछापमा लगातार वर्षा: राति र बिहान सडक यात्रामा रोक, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह


    मन्थली — लगातार भइरहेको भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले मुख्य तथा भित्री सडक मार्गहरूमा रात्रिकालिन यात्रामा रोक लगाएको छ। मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ देखि ११ गतेसम्म देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। हाल रामेछाप जिल्लाभर पनि मध्यमदेखि भारी वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको…

    Read More »
  • निष्ठा, विकास र युवा नेतृत्वको पर्याय विराज श्रेष्ठः खाँडादेवी काँग्रेसको नेतृत्व सम्हाल्न मैदानमा


    रामेछाप । नेपाली काँग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा निरन्तर क्रियाशील युवा नेता विराज श्रेष्ठले खाँडादेवी गाउँपालिकाको पार्टी सभापति पदका लागि आफ्नो दाबेदारीलाई थप सशक्त र बलियो बनाएका छन् । विद्यार्थी राजनीतिदेखि सुरु भएको उनको निष्ठावान् र समर्पणयुक्त राजनीतिक यात्राका कारण उनी अहिले खाँडादेवीका काँग्रेस कार्यकर्ता तथा आम मतदातामाझ लोकप्रिय र आशालाग्दा नेताका रूपमा स्थापित भएका छन् ।श्रेष्ठको…

    Read More »
  • ‘रामेछापमा नेपाली कांग्रेस मजबुत छ ’- केन्द्रीय सदस्य खड्का


    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा वडा अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । तल्लो तहबाटै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै सङ्गठन निर्माणमा जुटेको नेपाली कांग्रेस रामेछापको समग्र साङ्गठनिक अवस्था, आगामी अधिवेशनको तयारी र पार्टी सुदृढीकरणका विषयमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः रामेछापका सबै ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक…

    Read More »
  • वडामा कांग्रेस अधिवेशन सम्पन्न, थोकरद्वारा आभार व्यक्त


    रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाका आठवटै स्थानीय तहका ६४ वडामा उत्साहजनक, अनुशासित र लोकतान्त्रिक वातावरणमा वडा तहको नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।सङ्गठन सुदृढीकरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभियानअन्तर्गत निर्धारित समयमै सबै वडामा अधिवेशन सम्पन्न भएपछि नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति नबराज…

    Read More »
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनः ७३ जिल्लामा उत्साहजनक रूपमा वडा अधिवेशन सम्पन्न, बाँकी वडामा भोलि पनि हुने


    काठमाडौं । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया देशैभर उत्साहजनक रूपमा अघि बढेको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हिजो (असोज ३) बाट सुरु भएको वडा अधिवेशन आज दोस्रो दिन पनि ७३ जिल्लामा शान्तिपूर्ण र उत्साहप्रद रूपमा सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज ताप्लेजुङ, इलाम,…

    Read More »
  • संविधान दिवसमा दोरम्बामा विविध कार्यक्रम : सरसफाइ र भलिबल प्रतियोगिता


    रामेछाप — दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्पका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्थानीय स्तरमा सरसफाइ, मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा दीप प्रज्वलनसहितका विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवस मनाउने क्रममा पहिलो चरणअन्तर्गत बिहान ८ बजेदेखि १० बजेसम्म आयोजना गरिएको वातावरण सरसफाइ कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा…

    Read More »
  • ‘६४ वटै वडामा अधिवेशन हुन्छ, कुनै द्विविधा छैन’ : का.वा. सभापति नवराज थोकर


    रामेछाप । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा देशभर सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको पहिलो आधारशिला मानिने वडा अधिवेशन असोज ३ र ४ गते देशभर एकैसाथ आयोजना हुँदैछ ।यसै सन्दर्भमा रामेछाप जिल्लाको सांगठनिक तयारी, वडा अधिवेशनको वस्तुस्थिति र पार्टीभित्रको आन्तरिक व्यवस्थापनबारे नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरसँग गरिएको…

    Read More »
Back to top button