पर्यटन ऐन समय सापेक्ष बनाउन आवश्यक : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधवार नेपाल पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन ऐनहरु पुराना भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए।

उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए।

उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताउनु भयो। उनले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्न सके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे।

उनले भने, ‘पर्यटनको मुख्य कुरा मौलिकता हुन्। यसलाई हामीले विश्व समुदायमा नयाँ ढंगले ब्राण्डिङ गर्न सक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ। हिमाल पृथ्वीको जलवायुको प्रतीक पनि रहेछ। जलवायुमा परिवर्तन हुँदै जाँदा हिमालहरु कालो हुँदै आउने दृश्यहरु हामीले देखेका छौँ। संयुक्त राष्ट्रसंघका महामहिम महासचिवले हिजो संसदमा भन्नुभयो विशेष महत्व दर्शाउँदै हिमाल असामान्य रुपमा पग्लिरहेको छ। नेपालले ३० वर्षयता धेरै ठूला विनाशकारी घटना बेहोरिरहेको छ। समुन्द्रमा पानीको सतह बढिरहेको छ। हिउँ पहिरो बढी जाने सम्भावना बढेको छ। जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौती बनेको छ। हामीले हाम्रो हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ। पर्यटन ऐनहरु पुराना छन्, समय सापेक्ष गर्नुपर्ने छ। जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ। त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ। निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता छ।’

मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौती रहेको बताए। उनले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button