सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेर एक लाख १७ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button